कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा ‘मेयर कप फुटवल प्रतियोगिता’ सम्पन्न भएको छ् । नगर खेलकुद बिकास समिति दोधारा चाँदनीको आयोजनामा दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ लक्ष्मी माध्यमिक बिद्यालयको खेल मैदानमा वडा स्तरिय मेयर कप फुटवल प्रतियोगिता सम्पन्न भएको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । प्रतियोगिताको समापन सत्रमा बोल्दै दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले खेलाडी उत्पादनमा नगरपालिकाले ठुलो लगानी गर्दै आएको बताउनुभएको छ् । नगर क्षेत्रमा खेलकुद बिकासको लागी दोधारा चाँदनी नगरपालिकाले वर्षेनी ७० लाख बजेट बिनियोजन गर्दै आएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो ।


दोधारा चाँदनी नगरपालिकाले खेलाडीहरुले गुनासो नरहने गरि बिभिन्न खेलमा सञ्चालन गर्दै आएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । ‘स्वास्थ्यको लागी खेल, राष्ट्रको लागी खेल’ नारा सहित सञ्चालन भएको मेयर कप फुटवल प्रतियोगितामा दोधारा चाँदनी नगरपालिका वडा नं. ८ बिजय भएका छन भने, वडा नं. ९ उप–बिजयता भएका छन् । प्रतियोगितामा बिजयता, उप–बिजयता टिमलाई रु. ६५ हजार १ सय र ३५ हजार १ सय नगद धनरासी सहित मेडल तथा प्रमाण पत्र प्रदान गरिएको नगर खेलकुद बिकास समिति दोधारा चाँदनीका अध्यक्ष तेजराज गिरीले बताउनुभयो ।


युवाहरुमा लागु औषध दुव्र्यसनीलाई निरुत्साहित गर्न तथा युवाहरुलाई खेलमा रुची बढाउन सञ्चालन गरिएको मेयर कप फुटवल प्रतियोगितामा बक्ताहरुले नगरपालिकाले खेलकुद बिकासको लागी गर्दै आएको कार्यको प्रशंसा गरेका थिए । प्रतियोगितामा १० फुटवल टिम सहभागी रहेको नगर खेलकुद बिकास समिति दोधारा चाँदनीले जनाएको छ् ।








