कञ्चनपुरमा निशुल्क योग शिविरको आयोजना हुने


महेन्द्रनगर : कञ्चनपुरमा निशुल्क योग शिविरको आयोजना हुने भएको छ । योग गरौं, स्वस्थ रहौं – समृद्ध समाज निर्माण गरौं भन्ने मुल नाराका साथमा निःशुल्क योग विज्ञान शिविरको आयोजना हुने भएको छ । आदर्श नेपाल/आदर्श नगर खानेपानी उपभोक्ता तथा सरसफाई समिति, कञ्चनपुर आदर्श नेपाल, शिव मन्दिर योग साधना केन्द्र पतंजलि योग समिति, कञ्चनपुर / महिला पतंजलि योग समिति, कञ्चनपुरको आयोजनामा उक्त शिविरको आयोजना हुने भएको छ ।

बैशाख ५ गतेदेखी ९ गतेसम्म विहान ५ बजेदेखी ७ बजेसम्म शुक्लाफाँटा एफएमको नजिक रहेको मेधावी स्कुलको खेल मैदानमा उक्त शिविरको आयोजना हुने कञ्चजपुर पतंजलि योग समिति, कञ्चनपुरका अध्यक्ष दयाकृष्ण जोशी जानकारी दिनु भएको छ । योग शिविरमा पतञ्जल योग समिति नेपालकी प्रखर विदुषी साध्वी श्रद्धेय देवकृपा ज्युको प्रत्यक्ष प्रशिक्षण रहने छ । शिविर मार्फत सम्पूर्ण सहभागीहरुले दैनिक जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने अभ्यास सिक्ने छन् । अध्यक्ष जोशीका अनुसार योगलाई घरघरमा पु¥याउने, स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने, समाजमा योग र आयुर्वेदको महत्व बढाउने अभियानका साथमा यो शिविरको आयोजना गरीएको बताउनु भयो ।

योग मानव जीवनका लागि अत्यन्त आवश्यक रहेको बताउँदै नियमित योग अभ्यासले शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ बनाउने धारणा व्यक्त गर्नुभयो । उहाँले जिल्लाका प्रत्येक स्थानीय तह, वडा तथा टोलस्तरसम्म योग विस्तार गर्ने लक्ष्य रहेको उल्लेख गर्दै सबै नागरिकलाई दैनिक जीवनमा योग अपनाउन आग्रह गर्नुभयो । साथै, योग र आयुर्वेदको प्रचार–प्रसारमार्फत स्वस्थ समाज निर्माणमा समिति प्रतिबद्ध रहेको उहाँको भनाई रहेको छ ।”


ताजा समाचार

spot_img