महाकाली नदी मा एक जना पुरुष वेपत्ता


डिल्ली राज पन्त / कञ्चनपुर,: महाकाली नदी मा एक जना पुरुष वेपत्ता भएका छन्। कञ्चनपुरको कृष्णपुर नरपालिकाम -७ का ४५ वर्षीय प्रकाश सिंह नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन्। उनी छिमेकीको मलामीमा सहभागी हुन गएका थिए। मलामीपछि नदीमा नुहाउन पसेका सिंह अचानक बेपत्ता भएको स्थानीयले जनाएका छन्।

घटनापछि सुरक्षाकर्मीहरूको टोलीले तत्कालै खोजी कार्य सुरु गरेको छ र हालसम्म खोजी कार्य जारी रहेको छ। यसैबीच, क्षेत्र नं. ३ का सांसद ज्ञानेन्द्र सिंह महता घटनास्थलमा पुगेर अवस्थाबारे जानकारी लिएका छन्। अहिलेसम्म बेपत्ता व्यक्तिको अवस्था अज्ञात रहेको छ।


ताजा समाचार

spot_img