मझगाँउ विमानस्थलको काम युद्धस्तरमा गर्न सासद महताको निर्देशन


कञ्चनपुर : प्रतिनिधी सभा सदस्य(सासद) ज्ञानेन्द्र सिह महताले कञ्चनपुरमा निर्माणाधिन मझगाँउ विमानस्थलको काम युद्धस्तरमा गर्न सासद ज्ञानेन्द्र सिह महताको निर्देशन दिएका छन । भीमदत्त नगरपालिका १६मझगाँउ स्थित निर्माणाधिन मझगाँउ विमानस्थलको काम युद्धस्तरमा गर्न सासद महताको निर्देशन दिएका हुन । आईतबार मझगाँउ विमानस्थलको स्थलगत अनुगमन गर्दै सासद महताले अब कानुन देखाएर काम अड्काउने काम कुनै पनि सरकारी निकाय कर्मचारीले बहानाबाजी गर्न नपाईने बताए ।

उनले अब कानुन देखाएर काम नगर्ने प्रवृति अन्त्य भएको बताउँदै केही कानुनी अडचन भएपनि सहजिकरण, समन्वय गरेर देश र जनताको हितमा काम गर्नुपर्ने तर्फ ध्यान केन्द्रीत गरेका छन । विमानस्थलका बाँकी काम विस्तार गर्नुपर्ने, विद्युत सहजिकरण, छेउमै रहेका स्थानीयलाई यातायातको वैकल्पिक व्यवस्था गर्नुपर्ने माग सम्बोधन गर्दै यथाशिघ्र योजना सम्पन्न गर्नुपर्ने अनुरोध गरेका छन । सासद नहुँदै ०७५सालदेखि निरन्तर बन्द रहेको उक्त विमानस्थल शुचारुका लागि सकृय रास्वपा नेता समेत रहेका महताले थप पहल गर्दै छिट्टै जहाज उड्ने वातावरण बनाउने सकल्प लिएका छन ।

नेपाल नागरिक उड्यान प्राधिकरणका उपमहानिर्देशक प्रेमनाथ यादवले क्षेत्रका सासद ज्ञानेन्द्र सिह महतादेखि स्थानीय जनप्रतिनिधी सरोकारवालाको सहयोग पाईएकाले मझगाँउ विमानस्थलको काम यथाशिघ्र अघि बढाउने बताए । विमानस्थलको बाँकी काम यथाशिघ्र निर्माण गरिने बताए । भीनपा १६का वडाध्यक्ष केशव विष्टले स्थानीय जनताको चाहना अनुरुप काम काज अघि बढाउनुपर्ने बताए । वडाध्यक्ष विष्टले जिल्लाकै विकासको गौरब विमानस्थल शुचारुको विकल्प नभएको बताए । स्थानीय ईश्वरदत्त पन्तले अहिलेका सासददेखि सरकारसंग आशावादी रहेको बताए । विमानस्थल निर्माणसंगै क्षेत्रको विकास हुने अपेक्षा गरिएको छ ।


ताजा समाचार

spot_img