कञ्चनपुर कारागार ३ महिनामा ३ झडप : ३० कैदीबन्दी स्थानान्तरण


कञ्चनपुर : तीन महिनाको अवधिमा कञ्चनपुर कारागारमा तीन पटक झडप भयो । कारागार व्यवस्थापन कार्यालयले तीनै पटक लफडा गर्नेदेखि तोडफोडमा संलग्नलाई कार्बाही गरेको छ । गत ४ पुष, ८चैत्र र २५ चैत्र ०८२ तीनै पटक सेवा सुविधादेखि एक आपसमा वाद विवादले कारागारमा निरन्तर लफडामा सलग्नमाथि डण्डा बजाएको छ । लागु औषध मुद्दामा सफाई पाएकै भोलीपल्ट एक कैदीबन्दी युवालाई कारागारको सिसिटिभी तोडफोडमा पुन कार्बाही गरिएको छ । भने, पटक पटक गरेर ३०कैदीबन्दी अन्यन्त्र सरुवा गरिएको हो । कञ्चनपुर कारागार प्रमुख हेमन्ती साउदले तोडफोडमा संलग्न १ पुर्व कैदीबन्दीलाई पुन मुद्दा चलेको र अहिले उनी प्रहरीको हिरासतमा रहेको अनुसन्धान जारी भएकोले परिचय खुलाउन नसकिने बताईन ।

कारागार प्रमुख साउदले तीनै पटक हुलहुज्जल गर्नेहरुलाई पहाडी जिल्ला दार्चुला, तराईको बाँकेदेखि काठमाण्डौँ स्थानान्तरण(ट्रान्र्सफर) गरिएको छ । उनले बिहीबार कैदीबन्दीहरुलाई सम्झाईबुझाई गरेको बताईन । २माघ ०८२देखि कारागारको कमाण्ड सम्हालेकी अधिकृत साउदले कारागारलाई कारागार जस्तो बनाउने सकल्प गरेकी छिन । गत ४पुष ०८२मा कैदीबन्दीले राज्यबाट पाउने सेवा सुविधा माग अघि सारेर आन्दोलन गरेका थिए । उतिबेला ८कैदीबन्दी घाईते भएका थिए । उतिबेला घटना छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीको संयोजकत्वमा छानबिन समिति बनाईयो । तर कारागारको मुख्य समस्या के हो भन्ने विषयमा छानबिन समितिको प्रतिबेदन सार्वजनिक गरिएको छैन । उतिबेलामा पनि कैदीबन्दीहरुले राज्यले दिने सेवा सुविधामा कर्मचारीले घोटाला गरेर न्यून मात्रै दिने गरेको आरोप लगाएका थिए । पुष पहिलो साता भएको घटना सेलाउन नपाउँदै ८ चैत्र ०८२ मा लफडा दोहोरियो । दुई समुहविच भएको लफडामा २ कैदीबन्दी घाईते भएका थिए । उतिबेला केही कैदीबन्दी कारागार भित्र लागु औषध, कण्डमदेखि गैर कानुनी गतिबिधी हुने गरेको खुलासा गरेका थिए ।

चैत्र महिना नसकिदै दोस्रो पटक १८दिनमै फेरी लफडा मच्चिएको थियो । २५चैत्र(बुधबार) ०८२मा पनि दुई समुहविच भएको विवादले झडपमा परिणत हुँदा पाँच कैदीबन्दी घाईते भएका थिए । कारागार स्रोतका अनुसार लागु औषध र अन्य मुद्दावाला कैदीबन्दीहरुविच कारागारभित्र कारोबारको विषयमा विवाद उत्पन्न हुदा पाँच कैदी घाईते भएका हुन । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोईरालाले कारागारमा उत्पन्न समस्या समाधान भएको र अब दिर्घकालिन समस्या समाधान गरिने बताए । यस अघि कारागारमा टेकराज जोशी(अनन्त)ले मुख्य नाईके थिए । उतिहुने बेला बषौँसम्म शान्त रहेको कारण जोशी छुटे पछि श्रृङखलाबद्ध बबण्डर मच्चिएर कैदीबन्दी घाईतेदेखि अन्यन्त्र स्थानान्तरण मात्रै होईन कारागार युद्धमैदान बनिरहेको छ । १सय १०दिनमा तीन पटक झडप भएपछि कारागारको झडप स्रोतमाथि बर्चस्वको लडाईले सर्वत्र चिन्ता उन्पन्न गराएको छ । लगातार तेस्रो पटक झडप भएपछि कारागारको सुरक्षा व्यवस्था बलियो बनाईएको छ । नागरिकदेखि सरोकारवालाहरुले कारागारमा अब घटना दोहोरिन नदिने गरेर सुरक्षा प्रबन्ध मिलाउनुपर्ने सुझाव दिएका छन ।


ताजा समाचार

spot_img