किसानलाई कृषि व्यवसायीमा उत्प्रेरित गर्दै निड्स नेपाल, बेमौसमी तरकारी उत्पादनमा जोड

कञ्चनपुर,

ग्रामिण भेगका किसानलाई कृषि व्यवसाय तर्फ उत्प्रेरित गराई बेमौसमी तरकारी उत्पादनमा जोड दिनुका साथै निड्स नेपालले कञ्चनपुरका विपन्न किसान लाई व्यवसायी तर्फ उन्मुख गर्न लागेको हो । विश्वप्यापी रुपमा फैलिएको महामारी कोरोना भाईरस सन त्रास संगै बेरोजगारी सृजना भएसंगै निड्स नेपाले कृषि व्यवसाय र उत्पादनमा जोड दिनुका साथै कृषकहरुलाई बेमौसमी तरकारी खेतीमा अग्रसर बनाउँदै आएको छ । बजारमा आधारित प्राविधिक तथा व्यवसायीक सीप प्रर्बद्धन परियोजना अन्र्तरगत राष्ट्रिय वातावरण तथा सम विकास समाज (निड्स नेपाल) कञ्चनपुरले भीमदत्त नगरपालिका १४, १६, बेदकोट नगरको ४ र कृष्णपुर नगरपालिकाको १ नम्बर वडाका विपन्न किसानलाई व्यवसायिक कृषित तर्फ उत्प्रेरित गरेको थियो । बजारमा आधारित प्राविधिक तथा व्यवसायीक सीप प्रर्बद्धन परियोजनाका संयोजक बिनोद कडाराले कोरोना महामारीसंगै थलिएको अर्थतन्त्र र बेरोजगारी हटाउनका लागि ग्रामिण भेगका किसानलाई व्यवसायी तरकारी खेती तर्फ उन्मुख गराएको बताए । उनका अनुसार किशानलाई बेमौसमी तरकारी खेतीका लागि तालिम, दिनुका साथै टर्नेल बनाउने देखि उत्प्रेरित गराएपछि किसान व्यवसायी तरकारी खेतीमा उत्मुख भएका हुन् ।भीमदत्त नगरपालिका १४ बनकट्टीका किसान दिनेश रानाले निड्सबाट बेमौसमी तरकारी खेतीका लागि तालिम एव स्रोत साधन दिएपछि व्यवसायिक तरकारी खेतीमा जुटेको बताए ।

‘पहिले तालिम लिएको थिएन, ‘उनलेभ भने, ‘तालिम लिएपछि धेरै सिकियो, तरकारी खेती गरियो ।’ उनका अनुसार स्थानीय बजारमा तरकारी खेती बिक्रि वितण भईरहेको बताए । ‘विदेशबाट आउने तरकारीले स्वदेशी तरकारीलाई चुनौती दिएको छ, ‘उनले भने, ‘मुल्य नपाउँदा यसलाई स्थानीय तहबाट व्यवस्थापन गर्नुपर्छ ।’ बेदकोट नगरपालिका ४ बैतडाकि गिता साउँदले तीन महिने आईपिएम तालिम पाएपछि व्यवसायिक कृषिमा जुटेको बताईन । ‘मैले तरकारी खेती कसरी गर्ने, कम्पोष्ट मल उत्पादन बारे थाहा पाए, ‘उनले भने, ‘हामीले सामुहिक तथा एकल तरकारी खेती गरेका छौँ ।’ साउँदले ५ कट्टामा तरकारी खेती गरेकी छिन । थप तरकारी खेतिका लागि प्लाष्टिक ट्रनेल र थोपा सिँचाईको व्यवस्थाको माग गरिन् ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका अधिकृत हरिश सिंह विष्टले कृषि ज्ञान केन्द्रबाट किसानका लागि पाईने अनुदानमा किसानलाई समेट्ने बताए । ‘काम गर्ने किसानलाई उत्पादनमा जोड दिएर उत्प्रेरित गछौँ, ‘उनले भने, ‘अनुदानका कार्यक्रममा सहभागि गराँछौँ ।’ जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङ्गले किसानका लागि सरकारले गर्नुपर्ने आवश्यक सबै सहयोग गर्नुपर्नेमा जोडदिए । ‘कृषि उत्पादनका लागि ग्रामिण किसानलाई नै अघि बढाउँनुपर्छ, ‘उनले भने, ‘प्राङगारिक मलका लागि पशुपालनमा समेत किसानलाई उत्प्रेरित गर्नुपर्छ ।’ निड्स नेपाल कञ्चनपुरका उपाध्यक्ष लोकेन्द्र प्रसाद जोशीले व्यवसायिक कृषि प्रर्बद्धनका लागि निड्सले अघि सारेको कार्यक्रमबाट कृषि उत्पादनमा बृद्धि हुने बताए । ‘संस्थाले व्यवसायिक कृषिका लागि दिएको तालिम व्यवहारिक प्रयोग गर्नुपर्छ, ‘उनले भने, ‘तबमात्रै सार्थक हुन्छ ।’ निड्सले आगामी दिनमा समेत कृषि उत्पादनका लागि थप कार्यक्रमम ल्याउने उनले बताए । उक्त आयोजनाको जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङ्ग सहित कृषि ज्ञान केन्द्र, स्थानीय जनप्रतिनिधी, निड्सका पदाधिकारी लगायतका सरोकारवालाले किसानको खेतिको अनुगमन गरेका थिए ।

ताजा समाचार