नेकपाको कञ्चनपुरमा १मा उम्मेदवार बीना मगरसंग प्रत्यक्ष जनताको साक्षात्कार

कञ्चनपुर : नेपाली कम्युनिष्ट पाटी(नेकपा)ले कञ्चनपुर क्षेत्र १मा जनता(मतदाता) केन्द्रीत घरदैलो कार्यक्रम अघि बढाएको छ । आईतबार लालझाडी गाँउपालिका ६ चाँन्देव गाँउबस्तीदेखि नेकपाले घरदैलो अभियानमा जुटेको हो । नेकपा केन्द्रीय सदस्य लोकेन्द्र लम्सालले पाटीले जनताको घरदैलोमा पुगेर मत मागिरहेको बताए ।

उनले उम्मेदवार बीना मगर सहितका नेता कार्यकर्ताहरु जनताकै घरदैलोमा प्रत्यक्ष पुगेर मत माग्दै देशको सुशासन जनताको हकहितका लागि नेकपामा मतदानका लागि अपिल गरिरहेको बताए । नेकपा लालझाडीका युवा नेता भक्ता रानाले उम्मेबार सहित नेता कार्यकर्ताहरु जनतासंग साक्षात्कार गर्दै भेटघाट गरिरहेको बताए । ‘हामीले उम्मेदवार लगेर जनताकै घरदैलोमा पुगेका छौँ, ‘उनले भने, ‘जनताका गुनासो, समस्या र अपेक्षा सुन्दैछौँ, सोही अनुरुप पछि पाटीका तर्फबाट योजनाका साथ अघि बढ्छौँ ।’

नेकपा केन्द्रीय सदस्य तथा क्षेत्र १का चुनावप्रचारप्रसार परिचालन समितिका संयोजक देवीलाल चौधरीले क्षेत्र, पालिका, वडा, स्तरमा सम्पर्क कार्यालय संचालनसंगै जनताको घरदैलोमा उम्मेदवार केन्द्रीत कार्यक्रम अघि बढाएको बताए ।उनका अनुसार प्रत्यक्ष तर्फकी उम्मेदवार बीना मगर र समानुपातिक तर्फकी उम्मेदवार निरासा चौधरीले जनतासंग चुनावी प्रतिबद्धता गरिरहेका छन ।

उम्मेदवार बीना मगरले समेत मत माग्दै जनताको अपेक्षा अनुरुप काम गर्ने बाचा गरिरहेकी छिन । क्षेत्रको समस्या बारे आफु जानकार भएपनि प्रत्यक्ष रुपमा जनतासंग साक्षात्कार भेटघाट गरेर जनताको धारणा, गुनासो, अपेक्षा माग सुनिरहेको बताए । मगरले आफु सदैव जनताकै साथमा रहेको र भावि दिनमा समेत जनसेवामै सर्मपित हुनकै लागि जनताको घरदैलोमा पुगेर आर्शिवाद लिईरहेको नेकपा नेता चौधरीले बताए ।

घरदैलोमा नेकपा नेता मदन सेन बडायकले देश र जनताको हित गर्ने पाटी नेकपा भएकाले नेकपाकै उम्मेदवारसंग प्रत्यक्ष मतदातासंग भेटघाट गराएर भावि दिनमा क्षेत्रको विकासका लागि सहज हुने उदेश्यले मतमागिरहेको बताए । नेकपा नेता कार्यकर्ताहरुले सुशासन, दीगो विकास र आम जनताका समस्या समाधानका लागि नेकपालाई साथ सर्मथन सहयोगका लागि अपिल गरिरहेका छन ।

ताजा समाचार

spot_img