बेलडाँडी,
बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष रोकायाको आज अन्तिम अन्त्येष्टी गरिएको छ । हिजो शुक्रबार विहान आफ्नो घर नजिकैको किसान मध्यवर्ती सामुदायिक बनको किनारको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका वडाध्यक्ष कृष्ण बहादुर रोकायाको आज अन्त्येष्टी गरिएको छ । 

वडाध्यक्ष रोकायाको असामयिक निधन प्रति बेलडाँडी गाउँपालिकाले दुःख व्यक्त गर्दै मृतक प्रति श्रद्धाञ्जली तथा परिवारजन प्रति समवेदना व्यक्त गरेको छ । ५५ वर्षीय मृतक रोकायाको अन्तिम दाहसंस्कारमा प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख, उपप्रमुख, नेकपा, नेपाली कांग्रेसका नेता कार्यकर्ता लगायत वहाँका शुभचिन्तक र स्थानीय वासीहरुको सहभागिता रहेको थियो । नेकपा पार्टीले कम्युनिष्ट पाटीको झण्डा ओढाई एक मिनेट मौन धारण सहित अन्तिम दाहसंस्कार गरिएको थियो । अध्यक्षको अकल्पनिय मृत्यु प्रति पुरै गाउँपालिका शोकमा डुबेको छ । 

बेलडाँडी इलाका प्रहरी प्रमुख राजेन्द्र बहादुर सिंह का अनुसार आत्महत्या गरेको थप घटनाको बारेमा अनुसन्धान थालिरहेको उनले बताए ।
वडाध्यक्ष रोकायाको निधनमा बेलडाँडी गाउँपालिकाले भोली आइतबारका दिन गाउँपालिका भित्र सार्वजनिक विदा दिने निर्णय हिजोनै गरेको छ । गाउँपालिकाका अध्यक्ष धन बहादर थापा क्षेत्रीले घटना कसरी घटन पुग्यो त्यो बारेमा प्रहरीले छिट्टै घटनाको रहस्या बाहिर ल्याउनेमा आफ्नो टिम ढुक्क रहेको बताए ।
