कञ्चनपुर : कञ्चनपुरको एक निजी विद्यालयले आयोजना गरेको क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । भीमदत्त नगरपालिका ४महेन्द्रनगरको लिटिलबुद्ध एकेडेमीले आयोजना गरेको एलबिए आठौँ संस्करणको प्रतियोगिता शुक्रबार एक कार्यक्रमका विच सपन्न भएको हो ।

लिटिल बुद्ध एकेडेमीका प्रिन्सिपल श्याम सिह मौनीले क्रिकेट क्षेत्रको बृद्धि विकास र अन्तर विद्यालयविच थप खेलकुदमा प्रतिस्पर्धा गराउने उदेश्यका साथ क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताए । प्रिन्सिपल मौनीका अनुसार विगत ८ बर्षदेखि विद्यालयले आफ्नै पहलकदमीमा प्रतियोगिता आयोजना गर्दै आएको छ । यस बर्षपनि कञ्चनपुर क्रिकेट संघको प्राविधिक सहयोगमा प्रतियोगिता आयोजना गरेको छ ।

एलबिए क्रिकेट प्रतियोगिता ०८२को उपाधी धनगढीको सिसिएस प्लसटु कलेजलाई पाईएको छ । आठौँ एलबिए क्रिकेट प्रतियोगिताको उपाधी सिसिएस प्लसटु कलेजलाई पाईएको हो ।फाईनल प्रतियोगितामा सिसिएसले आयोजक एलबिएको टिमलाई हराउँदै उपाधी हात पारेको छ । टस जितेको आयोजक एलबिएले ६९रनको टार्गेट दिएको थियो । दुई विकेटमै सिसिएसले ७० रन बनाएर जित हासिल गरेको हो ।

विजेता सिसिएसलाई नगद १लाख १५ हजार र उपविजेता आयोजक एलबिएलाई नगद ६० हजार पुरस्कार सहित ट्रफि मेडल, प्रमाण पत्र वितरण गरिएको छ । साथै उत्कृष्ट खेलाडीहरुलाई समेत नगद सहित मेडल, प्रमाण पत्र वितरण गरिएको छ । कार्यक्रममा उक्त अवधिभर निःशुल्क स्वास्थ्य शिबिर संचालन गरेको मन्त्र अस्पताललाई समेत सम्मान गरिएको छ । मन्त्र अस्पतालका निर्देशक डा. गोबिन्द रोकायालाई प्रमाण पत्र वितरण गरिएको छ ।
प्याब्सन कञ्चनपुरका अध्यक्ष महादेव भट्टले क्रिकेटका खेलाडी उत्पादनका लागि एलबिएको प्रयास सरानिय भएको बताए । उनले सुदूरपश्चिम क्रिकेटका खेलाडीको उर्बरभूमि समेत रहेको बताए । कञ्चनपुर क्रिकेट संघका अध्यक्ष बिरेन्द्र बहादुर चन्दले प्रतियोगिताले क्रिकेट क्षेत्रमा टेवा पुगेको बताए । बिशिष्ठ अतिथि समेत रहेकी भीमदत्त नगरकी उपमेयर निलम लखेकले निजी विद्यालय क्षेत्रबाटै आयोजना गरिएको कार्यक्रमले खेलकुदका गतिबिधी बढाएको बताईन ।
कार्यक्तमका प्रमुख अतिथि समेत रहेका भीमदत्त नगरका मेयर पदम बोगटीले क्रिकेट प्रतियोगिताले थप क्रिकेटको खेलकुदका साथै खेलाडीविच थप आपसी भाईचाराको भावना बृद्धि विकास हुने बताए । विद्यालयले यस अघि ७औँ संस्करण अन्र्तरगत क्रिकेट प्रतियोगिता सफलतापुर्वक सम्पन्न गर्दै आएको छ । लिटिलबुद्ध एकेडेमी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी, खेलाडी,क्रिकेटप्रेमी लगायतको सहभागिता रहेको थियो ।






