कञ्चनपुर : कट्टर राजावादी राप्रपाका नेता कार्यकर्ताहरु उज्यालो पाटी नेपालमा प्रवेस गर्न लागेका छन । राप्रपा भीमदत्त नगरपालिका १२का नेता गणेश नेपाली सहितका दर्जनौँ नेता कार्यकर्ताहरुले उज्यालो पाटी प्रवेस गरेको जनाएको छ ।

उज्यालो पाटीका संस्थापक केन्द्रीय सदस्य समेत रहेका कञ्चनपुर ३ का उम्मेदवार भीम बहादुर कुमालले चुनावी प्रचारप्रसारकै क्रममा राप्रपाका नेता नेपाली सहितका नेता कार्यकर्ताहरु नेपाली उज्यालो नेपाल प्रवेश गरेको र चुनावी प्रचारका क्रममा नेपालीलाई उज्यालो नेपालले पार्टीमा स्वागत गरेको छ । नेपाली २०७९ मा राप्रपाबाट वडा सदस्यमा चुनाव लडेका थिए । कञ्चनपुर ३ मा उज्यालो नेपाल पार्टीबाट भीम बहादुर कुमाल उम्मेदवार छन् ।

उज्यालो नेपाल पार्टीका उम्मेदवार कुमालले भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका क्षेत्रको मतदाता भेटघाट कार्यक्रमबाट आफू उत्साहित भएको बताए । उनले
‘पार्टी प्रवेश गर्नेको संख्या बढी रहेको छ, हामी निकै उत्साहित छौ, जनताको समर्थन पाएको बताउँदै क्षेत्रका निर्वाचन क्षेत्रका सबै ३० वडामा चुनावी भेटघाट र छलफल तीव्र पारिएको छ ।







