कञ्चनपुर : विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटी(विप्लव) कञ्चनपुर क्षेत्र ३का उम्मेदवार विष्णूप्रकास उपाध्याय(बिराट)ले क्षेत्रका जनता आत्मनिर्भर बनाउनका लागि चुनावी मैदानमा होमिएको घोषणा गरेका छन । मंगलबार महेन्द्रंनगरमा उम्मेदवार उपाध्यायले पत्रकार सम्मेलन गर्दै क्षेत्रका जनता आत्मनिर्भर बनाउनका लागि चुनावी मैदानमा होमिएको घोषणा गरेका हुन । १८ बर्ष अघि स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियु) निर्वाचन सम्झिदै उपाध्यायले उतिबेला चुनाव अघि तत्तकालिन सिद्धनाथ बहुमुखी क्याम्पसमा शहीद शरदको स्मृतिमा पार्क निर्माणदेखि विद्यार्थीको हकहितका लागि कामकाज गरे जस्तै अहिले संघको चुनावमा पनि जनताकै सेवाका लागि होमिएको बताए ।

‘हामीले विद्यार्थीको हकहित शैक्षिक अधिकारका लागि कञ्चनपुरमा सुप विश्वविद्यालय जसरी स्थापनाका लागि संघर्ष गरेका थियौँ, ‘उनले भने, ‘अहिले पनि जनताको हक अधिकारका लागि फिल्डमै छौँ, चुनाव जितेपछि नीतिगत तहमै पुगेपछि थप काम गर्न सहज हुन्छ ।’ स्ववियू कोषाध्यक्षको जिम्मेबारी दिएपछि विद्यार्थीको शुल्क, पुस्तकालदेखिका सेवा सुविधा बृद्धिका लागि कामकाजमा खटिएको स्मरण गर्दै उनले सांसद नै भएपनि क्षेत्रको दीगो विकास सम्बृद्धिका कार्यक्रम अघि बढाउँछौँ ।’ आफुहरुमुल माओवादी भएको ०६४मा संविधान सभा सदस्य निर्वाचनपछि संविधान बन्न नसकेको अवस्थामा त्यस यताका चुनावी बहिस्कार गर्दै आएपनि ०८४मा हुने निर्वाचन ०८२मै भईरहेको अवस्थामा पाटीले केन्द्र स्तरबाटै चुनावी एजेण्डा घोषणा गरेको बताए ।

उनले पाटी देशभर कृषि उत्पादनका कार्यक्रममा सहभागि भएको र उत्पादन मार्फंतै देशलाई आत्मनिर्भर बनाउने उदेश्यका साथ अघि बढेको बताए । यस क्षेत्रबाट जितेका सांसद मन्त्रीले सुशासन र विकासका लागि गर्न नसकेका काम आफुले गर्ने दावि गरेका छन । समाजिक न्याय सुशासनका सम्बृद्धिका लागि जनता गुलाबको फुलमा मत दिन आतुर रहेको उनको भनाई छ । राजनैतिक सघर्ष उत्पिडित जनताको न्यायका लागि पाटीले अघि सारेका नीति, सिद्धान्त अनुरुप अघि बढदै समाजवादका कार्यक्रम संचालन घोषणा गरिने बताउँदै सहयोगका लागि अपिल गरेका छन ।







