आजदेखि राधाकृष्ण मन्दिरमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु

कञ्चनपुर : भीमदत्त नगरपालिका–१८, बरविपलस्थित राधाकृष्ण मन्दिरमा आजदेखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ ।

राधाकृष्ण मन्दिर प्रबन्ध समिति तथा राधेराधे मातृशक्तिको संयुक्त आयोजनामा आयोजित महायज्ञको शुभारम्भ आज कलश यात्रा तथा बजार परिक्रमा गरी गरिएको हो । धार्मिक विधिअनुसार आज देखि विधिवत् रूपमा श्रीमद्भागवत महापुराण पाठ प्रारम्भ गरिएको आयोजकले जनाएको छ ।

माघ २४ गतेसम्म सञ्चालन हुने यस महायज्ञमा अन्तर्राष्ट्रिय कथावाचक आचार्य दीपक भाइ जोशी र आचार्य साजन तिवारीबाट दैनिक कथा प्रवचन, पूजा–आरतीलगायत विविध धार्मिक कार्यक्रमहरू सञ्चालन हुने राधाकृष्ण मन्दिरका अध्यक्ष ऋषिराम खरेलले जानकारी दिए ।

अध्यक्ष खरेलले ‘वर्तमान समाजमा नैतिकताको अभाव देखिँदै गइरहेको सन्दर्भमा यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूले आपसी बन्धुत्व, सद्भाव र भाईचाराको सम्बन्ध मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।’

ताजा समाचार

spot_img