आईतबार देखि राधाकृष्ण मन्दिरमा महायज्ञ हुने


कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगर स्थित राधाकृष्ण मन्दिरमा श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ संचलन हुने भएको छ । भीमदत्त नगरपालिका १८ महेन्द्रनगर वरपिपलमा रहेको राधाकृष्ण मन्दिरमा श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ संचलन हुने भएको हो । राधाकृष्ण मन्दिर प्रबन्ध समिति र राधेराधे मातृशक्तिको संयुक्त आयोजनामा १८माघदेखि साताव्यापी कार्यक्रम हुने आयोजकले जनाएको छ ।

राधाकृष्ण मन्दिर प्रबन्ध समितिका अध्यक्षर््ा ऋर्षिराम खरेलले महायज्ञ सफल पार्नका लागि मुल समिति, सहितका विभिन्न उपसमिति विस्तार गरेर तयारी भएको बताए । अध्यक्ष खरेलले हिन्दुधर्मको सरक्षण प्रर्बद्धनका लागि तेस्रो पटक महायज्ञ संचालन गर्न लागेको बताए । उनका अनुसार उद्घाटनका लागि कलस यात्रा सहित शुरुवात गरिनेछ । अन्र्तराष्ट्रिय कथाबाचक आचार्य दिपक भाई जोशी र आचार्य साजन तिवारीबाट दैनिक प्रबचन, पुजा आरती, कथा बाचन, सहितका धार्मिक कार्यक्रम गरिनेछन । राधेराधे मातृशक्तिकी अध्यक्ष लक्ष्मी जोशीले जेनजी आन्दोलनका क्रममा मारिएका बालबालिकाको शान्तिका लागि समेत महायज्ञ संचालन गर्न लागेको बताए ।

ाधेराधे मातृशक्तिकी सल्लाहकार महिला अगुवा नारा जोशीले समाजिक कार्यका लागि समाज सुधारका लागि महायज्ञ सरानिय हुने बताईन । महिला अगुवा भावना केसीले महायज्ञबाट विद्यार्थीलाई समेत सहभागिता गराईने र उनीहरुलाई नैतिक शिक्षा प्रदान गरिने बताए । राधाकृष्ण मन्दिरका सहकोषाध्यक्ष राजेन्द्र केसीले हरेक दिन धार्मिक कार्यक्रम प्रभावकारी बनाईने बताए । भीमदत्त नगरपालिका १८का वडासदस्य तथा युवा तथा सुरक्षा परिचालन समितिका संयोजक हेम बहादुर बस्नेतले कार्यक्रम प्रभावकारी बनाउने बताए । २४ माघसम्म हुने कार्यक्रममा सहभागिताका लागि आयोजकले भक्तजनहरुमा हार्दिक अपिल गरेको छ ।


ताजा समाचार

spot_img