कञ्चनपुर : कंचनपुरको भिमदत्त नगरपालिकामा रहेको रेडियन्ट माध्यमिक विद्यालयमा मंगलबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम अन्तर्गत कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुले विद्यालयको प्राङ्गण वरिपरि सरसफाई गर्नुका साथै विभिन्न प्रकारका फुलजन्य बिरुवाहरु रोपेका छन ।

विद्यालय वरिपरिको वातावरण सुन्दर र हरियाली बनाउने र पर्यावरणको संरक्षण गर्ने उद्देश्यले वृक्षारोपण गरिएको विद्यालयका शिक्षक लोकेन्द्र भट्टले बताउनुभयो ।

वृक्षारोपण गर्ने कार्यले विद्यार्थीहरुमा वातावरण संरक्षण सम्बन्धी सचेतना अभिवृद्धि हुनुका साथै वातावरमैत्री विद्यालय निर्माणमा सहयोग पुग्ने हुँदा विद्यालयले समय-समयमा यस्ता कार्यक्रम गर्दै आएको र आगामी दिनहरुमा समेत वृक्षारोपणको कार्यलाई निरन्तरता दिदै लैजाने विद्यालयका प्रिन्सिपल सुर्यबहादुर चन्दले बताउनुभयो ।







