महेन्द्रनगर: कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका–१८ का वडा सदस्य हेमबहादुर बस्नेत नेपाल उद्यान महासंघको केन्द्रीय सदस्यमा निर्विरोध चयन भएका छन्।

रुपन्देहीमा २०८२ साल पौष २५ र २६ गते सम्पन्न नेपाल उद्यान महासंघको प्रथम राष्ट्रिय अधिवेशनबाट बस्नेत केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। अधिवेशनले महासंघको विधानअनुसार बस्नेतलाई सदस्य पदमा निर्विरोध चयन गर्दै प्रमाणपत्र प्रदान गरेको छ।

स्थानीय तहमा सक्रिय जनप्रतिनिधिका रूपमा परिचित बस्नेतको केन्द्रीय सदस्यमा चयनसँगै उद्यान तथा हरियाली क्षेत्रको संरक्षण, विकास र प्रवर्द्धनमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।

नेपाल उद्यान महासंघको गरिमामय केन्द्रीय सदस्य पदमा निर्वाचित हुनुभएकोमा हेमबहादुर बस्नेतलाई हार्दिक बधाई तथा सफल, सृजनशील र प्रभावकारी कार्यकालको शुभकामना व्यक्त गरिएको छ।







