बेदकोटमा छैटौँ बेदकोट नगरस्तरीय तथा १६औँ राष्ट्रपति रनिङ्गशिल्ड छनौट प्रतियोगिता सुरु

कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिकामा छैठौँ बेदकोट नगरस्तरीय तथा १६औँ राष्ट्रपति रनिङ्गशिल्ड छनौट प्रतियोगिता र प्रथम आधारभुततह नगर स्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ ।शुक्रबारदेखि बेदकोट नगरपालिकामा बेदकोट ६ सिसैयाको भुवनेश्वरी माध्यामिक विद्यालयको प्राङगणमा पालिकामा रहेका ३४ वटा सामुदायिक र संस्थागत विद्यालयको सहभागिता रहेको छ ।

उक्त कार्यक्रमको सभाध्यक्षमा वेदकोट नगरपालिकाका खेलकुद समिति अध्यक्ष प्रजापती भट्ट रहनु भएको थियो भने, प्रमुख अतिथीमा वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा, विशिष्ट अतिथीमा नगर उपप्रमुख तुलसी जोश निवर्तमान नगर प्रमुख अशोक चन्द, जिल्ला खेलकुद समिति अध्यक्ष कुवेर खडका, ओलम्पीयन डम्वर दत्त भट्ट, वार्ड अध्यक्षहरु, कार्यपालिका सदस्यहरु शिक्षक शिक्षिका विद्यार्थीहरुको उपश्थिती रहेको थियो ।

यसैगरी मार्चपासमा आधारभुत तहमा प्रथम हुने विद्यालय शिद्धनाथ आधारभुत विद्यालय, द्धितिय हुनेमा नवदुर्गा आधारभुत विद्यालय, तृतिय हुने विद्यालय लिटिल एन्जल एकेडेमी रहेका छन् । यसैगरी, यसैगरी माध्यमिक तहमा मार्चपासमा प्रथम हुने विद्यालय क्यासपियन एकेडेमी द्धितिय हुने विद्यालय वेदान्त विद्या मन्दिर, र तृतिय हुनेमा अरनिको ईङगलिस बोर्डिङ स्कुल रहेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख बोहराले प्रतियोगिताबाट पढाईका अतिरिक्त राष्ट्रकै लागि खेलाडी उत्पादनमा जोडदिएका छन । अहिले वेदकोट नगरपालिका खेलकुदमय भएर महोत्सव नै रहेको बताउँदै उपप्रमुख भलिबल प्रतियोगिताबाट सुरु भएको र आज यो प्रतिोगिता त्यसपछि जिल्ला स्तरीय खेल पनि यही हुने भएपछि यो महोत्सवलाई सबैले रमाएर सफल बनाउनु पर्ने बताए ।

खेलकुदको आधारभुत सिद्धान्त भनेको विकास अनुशासन गतिशिलता रहेको हुँदा सबै खेलाडी, प्रशिक्षकका साथै विद्यार्थीहरु सबैले अनुशासनमा रहेर खेल खेल्न र अनुशासनहिनता कार्य नगर्न नगराउन आग्रह गरे, खेलाडीको प्रमुख गहना भनेको नै अनुशासन भएको हुँदा सबैले खेलको नियम अनुशासित भएर पालना गरेर खेल्न र आफनो क्षमता, सपि कलाकौशलको प्रदर्शन गर्न आग्रह गरे,

कार्यक्रममा उपमेयर तुलसी जोशीले देशको गौरवको योजना अन्तरगत पर्ने यो खेलकुद रहेको बताउँदै खेलबाट नै आफनो उच्च मनोबल लाई अगाढी बढाउने माध्यम रहेको बताईन् । अनुशासित भएर सभ्य र भव्य तवरले आफनो कलाकौशल सिप दक्षता क्षमात देखाउने यो थलो भएकाले विवाद रहित भएर जित हार स्विकार गर्ने गरी भाग लिनुपर्ने बताईन् ।

प्रतियोगिताबाट भावि दिनमा जिल्ला, प्रदेश, राष्ट्रिय एव अन्र्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्ने जोडदिईन । कार्यक्रमको संचालन समेत गरेका भुवनेश्वरी माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष प्रविन बोगटीले यो दोस्रो पटक विद्यालयमा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको छनौट भईरहेको बताए ।

अहिले फिल्ड पनि बढाएर ठुलो बनाएको र सबै खेलकुदहरु आयोजना गर्न पनि सहजता हुने बताए । तीनदिनसम्म संचालन हुने नगर स्तरिय खेलकुद प्रतियोगिताका बिजेता विद्यालयका खेलाडीलाई पुरस्कार वितरण गरिनेछ । नगरभरीकै विद्यालय एकसाथ सिसैयाको भुवनेश्वरी माविमा प्रतिस्पर्धा गर्न थालेपछि सिसैया क्षेत्र खेलकुदमय बनेको छ ।

ताजा समाचार

spot_img