महेन्द्रनगर: कञ्चनपुरको बेलौरी मेयर कप प्रतियोगिता कुटिएका खेलाडी करन पाल घटनाको छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारिएको छ ।
जिल्लाका फुटबल खेलाडीदेखि कञ्चनपुर जिल्ला फुटबल संघ, जिल्ला खेलकुद समिति र कञ्चनपुर जिल्ला रेफ्री संघले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कानुनी कार्बाहीको माग अघि सारेका हुन ।
आइतबार घाईते खेलाडी पाललाई मायामेट्रो अस्पतालमै पुगेर कञ्चनपुर खेलकुद समितिका अध्यक्ष कुबेर खडकाले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कानुनी कार्बाहीको माग अघि सारेका छन ।
अध्यक्ष खडकाले यसरी खेलकुद मैदानमै खेलाडी कुटपिट दुखत विषय भएकाले दोषिलाई उन्मुक्ति दिन हुने बताए । घाईतेको उपचारदेखि आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन माग अघि सारेका छन । घाईते पालका घर परिवारदेखि खेलाडी, खेलकुद क्षेत्रका अगुवाहरुले कानुनी कार्बाही नगरे आन्दोलनको चेतावनी दिएका छन ।






