राष्ट्रसेवक दार्चुलाका धामी दाम्पतीद्वारा पत्रकार महासंघका अध्यक्ष धामीलाई उपचार खर्च

कञ्चनपुर : राष्ट्रसेवक दार्चुलाका एक धामी दाम्पतीले नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष सुरेश सिह धामीकोे उपचारका लागि आर्थिक सहयोग गरेका छन । दार्चुला मुल घर भई हाल, कञ्चनपुर सिसैया बस्दै आएका विशन सिह धामी,कलावती भण्डारी(धामी) दाम्पती परिवारले क्यान्सर रोगबाट भारतको गान्धी क्यान्सर अस्पतालमा उपचारार्थ पत्रकार महासंघका अध्यक्ष धामीको उपचारका लागि आर्थिक सहयोग गरेका हुन ।
नेपाल प्रहरीमा कार्यरत धामी दाम्पत्तीले समाजिक क्षेत्रमा अहोरात्र खटिने पत्रकार धामीको उपचारका लागि नगद ५ हजार ५५ रुपैया आर्थिक सहयोग गरेका छन । धामी दाम्पतीले मानवियक संकटका बेला चियाखाजा खर्च कटाएर सक्दो सहयोग गरेका छन । पत्रकार महासंघ जिल्ला अध्यक्ष सुरेश सिह धामीका आफन्त ईष्टमित्र समेत रहेका धामी दाम्पत्तीले स्वास्थ्य लाभको कामना समेत गरेका छन ।

नेपाल पत्रकार महासंघ कञ्चनपुरले अध्यक्ष धामीको जिवन रक्षाका लागि स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा सहयोगका लागि अपिल गरेको छ ।

ताजा समाचार

spot_img