जगन्नाथ-आत्रेय/ महेन्द्रनगर: नेपाल आज अवसर र चुनौती दुबैको चौराहामा उभिएको मुलुक हो। सडक, सञ्चार, शिक्षा र प्रविधिमा गत दुईरतीन दशकमा प्रगति भए पनि समाजमा निराशा, असमानता, भ्रष्टाचार र अवसरवाद जस्ता रोगहरू जरा गाडिरहेका छन्। वृद्धदेखि युवा, बौद्धिकदेखि श्रमिक र नेतादेखि सर्वसाधारणसम्म हरेक वर्गमा विरोधाभासी मानसिकता देखिन्छ। यिनै विरोधाभासलाई बुझ्न यहाँका केही मौलिक दृष्टान्त उपयोगी छन्। ३समाजशास्त्रको मत नेपालको यथार्थलाई बुझ्न समाजशास्त्रका केही सिद्धान्त प्रयोग गर्न सकिन्छ :

- सामाजिक रूपान्तरण सिद्धान्त – कृषिप्रधान परम्परागत जीवनशैलीबाट आधुनिक उपभोगतर्फको संक्रमणले मूल्य र संस्कारमा द्वन्द्व ल्याएको छ।
- आधुनिकीकरण सिद्धान्त – विकाससँगै जनतामा चेतना र अपेक्षा बढ्छ, तर समान अवसर र न्याय नहुँदा असन्तोष जन्मिन्छ।
- निर्भरता सिद्धान्त – आत्मनिर्भर उत्पादनशक्ति नबढ्दा नेपाल विदेशी रोजगारी र रेमिटेन्समा अत्यधिक निर्भर बनेको छ। यी सैद्धान्तिक आधारमा अब नेपाली समाजका वास्तविक दृष्टान्तहरूलाई हेरौँ।
दृष्टान्त र विश्लेषण

१) पुरानो पुस्ताको आत्मग्लानी – एक जना सत्तरी वर्ष पुग्न लागेका वृद्ध भन्छन्, “मैले खेतिपाती र गोठालोमै जिन्दगी बिताएँ, देशका लागि केही गर्न सकिन, बृद्ध भत्ता पनि खान्न।” यो दृष्टान्तले देखाउँछ, श्रमजीवी पुस्ताले आफ्नो जीवन सर्मपण गरे पनि राज्यले योगदानलाई संस्थागत रूपमा मूल्याङ्कन नगर्दा उनीहरू आत्मग्लानीमा छन्।

२) बौद्धिकको अवसरवाद – एक जना बुद्धिजीवी राज्यकोषबाट मासिक ५०,००० तलब खान्छन्, तर १५ वर्षपछि पुराबलोकन भयेको सम्पत्तिकर १००० हुन पुगेपछि पनि “राज्यले तीन गुना कर बढाएर अत्याचार गर्यो” भन्छन्। जबकि१५वर्ष पहिलेको जमिनको मूल्य र तलब ५गुना बढेको छ।यहाँ बौद्धिक वर्ग नै कर छली र जिम्मेवारीबाट पन्छिने प्रवृत्तिमा छ भन्ने देखिन्छ।
३) युवाको विरोधाभास – २० वर्षअघि साइकलमा कच्ची बाटोमा भारी बोकेर हिँड्ने युवक अहिले चार लेनको सडकमा होण्डा मोटरसाइकल चढ्छन्, स्मार्टफोनमा भिडियो कल गर्छन्, तर भन्छन् “देशमा केही भएन, खतम छ।”भौतिक सुविधा बढे पनि मानसिक असन्तोष र नकारात्मक सोच कायम छ।
४) राजनीतिक अवसरवाद – एक महिना अघि मन्त्रीलाई स्कर्टिङ गर्ने युवा नेता, अर्को महिना जेनेरेसन-जेड आन्दोलनमा सार्वजनिक सम्पत्ति जलाउँछन् र गर्वपूर्वक मिडियामा प्रचार गर्छन्।यसले आन्दोलनलाई अवसरवाद र आक्रोशको निकास बनाइदिएको छ।
५) हाकिम वर्गको भ्रष्टाचार – असार मसान्तमा योजना फर्छ्यौट गर्ने हाकिमले २०% कमिसन खान्छन्, तर समाजमा “अब्बल राष्ट्रसेवक” मानिन्छन्।यसले प्रशासनिक भ्रष्टाचारलाई सामान्य संस्कृतिका रूपमा देखाउँछ।
६) राजनीतिक नेतृत्वको संवेदनशीलताको कमी – दशकौँ सत्तामा रहेकाहरू जेनेरेसन-जेड आन्दोलनलाई “हाहाहुहु” मात्र भन्छन्, मृतकप्रति श्रद्धाञ्जली दिन वा बिगतका कमजोरी स्वीकार गरेर आत्मआलोचना गर्न पनि कन्जुस्याइ गर्छन्।यसले नेतृत्व तहको नैतिक दिवालियापन प्रष्ट देखाउँछ।
७) समर्पित अपवाद – अमेरिकाको मोह र घरद्वार त्यागेर समाजको लागि केही गर्छु भन्ने महावीर पुन जस्ता पात्रले मन्त्री हुँदा पनि राज्यको सुविधा नलिने प्रतिबद्धता गर्छन्। यसले अझै पनि सकारात्मक उदाहरण सम्भव छ भन्ने आशा जगाउँछ। ८) विदेश मोह र परिवार विभाजन – केही युवाले ३०–७० लाख खर्चेर विदेश जान्छन्, तर त्यही लगानी देशमै गर्न सक्दैनन्। मूलघरमा बुढा आमाबुबा एक्ला, श्रीमती–सन्तान शहरमा रेमिटेन्समा रमाइरहेका छन्। यसले रेमिटेन्स निर्भरता र परिवार विघटन दुवैलाई देखाउँछ।
९) श्रमजीवी आत्मनिर्भरता – डोल्पाका राम गुरुङले ७० लाख खर्चेर ३५० च्याङ्ग्रा पोखरामा बेचेर ,गत वर्षको घाटा बेहोरेर पनि २०/२१ लाख नाफा कमाए।यसले ग्रामीण उद्यमशीलताले चुनौती हुँदाहुँदै पनि आत्मनिर्भरता सम्भव छ भन्ने देखाउँछ।
१०) विपन्नको उपेक्षा – बाजुराका धन चदाराको तीन महिनाको उमेरमै दुबै खुट्टा जले, अहिले ६० वर्ष पुगे पनि न बैसाखी पाए न कृत्रिम खुट्टा। पुराना कपडामा खुट्टा बेरेर हिँड्छन्। यसले राज्यको सामाजिक सुरक्षा प्रणालीको चरम कमजोरी र आवश्यक सेवा सुविधा प्रवाहमा राज्य संयन्त्रको कमजोरी देखाउँछ।
#निरिह राज्य संयन्त्र
- नीतिगत अस्थिरता – सरकार पटक–पटक बदलिए पनि दीर्घकालीन नीति कार्यान्वयन हुन सकेन।
- भ्रष्टाचार र कमिसन संस्कृति – योजना, शिक्षा, स्वास्थ्य सबै क्षेत्रमा नीतिगतभन्दा बढी कमिसन चल्छ।
- सामाजिक सुरक्षा कमजोर – वृद्ध, अपाङ्ग, विपन्न वर्गलाई आधारभूत सेवा र सुविधा पनि पुग्दैन।
- युवा शक्तिलाई Harness गर्न नसक्ने – सीप र अवसर नदिँदा युवा विदेशी रोजगारीतर्फ धकेलिन्छन्।
- जनभावनाप्रति संवेदनशीलताको कमी – राजनीतिक नेतृत्व उत्तरदायी नभई सत्ता र सुविधामा मात्र केन्द्रित छ।
#आम सर्वसाधारणका कमजोरीहरू उच्च वर्ग
- कर छली, राज्यकोष प्रयोग तर जिम्मेवारी नलिने प्रवृत्ति।
- राजनीतिक र बौद्धिक नेतृत्वमा नैतिकताको कमी। मध्यम वर्ग
- उपभोगतर्फ बढी आकर्षित, सजिलो जीवनशैलीतिर झुकेको।
- आन्दोलनमा अवसरवाद देखाउने तर दीर्घकालीन समाधानमा उदासीन। निम्न वर्ग
- श्रम गरेर पनि आत्मविश्वासको कमी र आत्मग्लानी।
- शिक्षा–सचेतना अभावले आफ्ना अधिकार माग गर्न नसक्ने।
- विदेश पलायनतर्फ धकेलिँदा स्थानीय उत्पादन क्षमतामा कमी।
#र अन्तमा यी सामान्य व्यबहारमा देखिएका केही प्रतिनिधिमूलक दृष्टान्तहरूले प्रष्ट देखाउँछन् – नेपालमा भौतिक प्रगति भए पनि सामाजिक र बौद्धिक चेतनामा धेरै सुधारको आवश्यकता संकेत गर्दछ। राज्य संयन्त्र पारदर्शिता, उत्तरदायित्व र सामाजिक सुरक्षामा चुकेको छ भने उच्च वर्ग कर र नैतिकतामा, मध्यम वर्ग अवसरवादमा, र निम्न वर्ग आत्मग्लानीमा अड्किएका छन्।
समाधानका लागि :
- राज्यले भ्रष्टाचार नियन्त्रण, जवाफदेहिता र सामाजिक सुरक्षा बलियो बनाउनुपर्छ।
- उच्च वर्गले उदाहरणीय कर प्रथाबाट समाजलाई देखाउनुपर्छ।
- मध्यम वर्गले आलोचना मात्र होइन, सकारात्मक नेतृत्व र सहभागिता देखाउनुपर्छ।
- निम्न वर्गलाई शिक्षा, सीप र उत्पादनमा संलग्न गराउनुपर्छ। त्यसपछि मात्र नेपालमा भौतिक प्रगतिसँगै सामाजिक न्याय, आत्मनिर्भरता र नैतिक मूल्यमा आधारित समाज सम्भव हुनेछ।
- उच्च वर्गले उदाहरणीय कर प्रथाबाट समाजलाई देखाउनुपर्छ।
- मध्यम वर्गले आलोचना मात्र होइन, सकारात्मक नेतृत्व र सहभागिता देखाउनुपर्छ।
- निम्न वर्गलाई शिक्षा, सीप र उत्पादनमा संलग्न गराउनुपर्छ।
त्यसपछि मात्र नेपालमा भौतिक प्रगतिसँगै सामाजिक न्याय, आत्मनिर्भरता र नैतिक मूल्यमा आधारित समाज सम्भव हुनेछ।
