काठमाण्डौँ : नेकपा एमालेमा पार्टी सदस्यता नवीकरण नगर्ने नेकपा एमालेको निर्णयपछि पहिलोपटक विराटनगर आएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार दिउँसो एमाले मोरङको कार्यालय जाने कार्यक्रम थियो । १० वर्षपछि भण्डारी पार्टी कार्यालय आउने सूचना पाएका कार्यकर्ता स्वागतका निम्ति तयार पनि थिए । तर प्रदेश अध्यक्ष घनश्याम खतिवडाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति भण्डारीका निम्ति कुनै कार्यक्रम नराख्न जिल्ला सचिव सोमराज थापालाई निर्देशन दिए ।एमाले विराटनगर महानगरपालिका इञ्चार्ज पर्शुराम बस्नेतले पार्टी कार्यालयमा कुनै कार्यक्रम नभएको भन्दै कार्याकर्तालाई नजान उर्दी जारी गरे । यसरी संस्थापन पक्षले रोक्ने प्रयास गरेपनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी दिउँसो १ बजतिर पार्टी कार्यालय पुगिन् । पार्टी कार्यालयमा भण्डारीलाई जिल्ला र विराटनगर महानगरपालिकाका नगर नेतृत्वले स्वागत ग¥यो ।

जिल्ला र नगरको नेतृत्व भण्डारी पक्षकै छ । विद्या भण्डारी आउँदा अध्यक्ष केपी शर्मा ओली पक्षका नेता कार्यकर्ता गएनन् ।पार्टी कार्यालय पुगेर मदन भण्डारी, मनमोहन अधिकारी र पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गरिन् ।‘भूकम्पको बेला यहाँ आएको थिएँ होला, त्यसपछि आज आइयो,’ पार्टी कार्यालयमा स्वागत गर्न बसेका नेताहरूसँग भलाकुसारी गरेकी भण्डारीले भनिन्, ‘धेरै परिवर्तन भएछ ।’विद्या भण्डारीलाई राजनीतिमा फर्कन नदिने एमालेको निर्णय पार्टी कार्यालय पुग्दा सदस्यता लिएको, पार्टीको काम गरेको र आन्दोलनमा सहभागि भएको विषय सम्झिइन् । पार्टीको सभा कक्षमा भेला भएका समर्थकलाई सम्बोधन गरेपछि सामूहिक फोटो खिचेर उनी फर्किइन् ।एमाले पूर्वउपाध्यक्ष भण्डारी पार्टी कार्यालय पुग्दा संस्थापन पक्षका नेताहरू थिएनन् । भण्डारी पक्षका केही नेता कार्यकर्ता उपस्थित भएका थिए । संस्थापन पक्षले सुरुमा उनलाई रोक्न खोज्यो, नसकेपछि कार्यकर्तालाई रोके र आफू आएनन् ।‘उहाँहरूले फोन गरेर औपचारिक÷अनौपचारिक कार्यक्रम नराख्न भन्नु भएको थियो,’ भण्डारी पक्षका एक नेताले भने,‘ नेता कार्यकर्तालाई फोन गरेर नजा भन्नुभयो ।’एमाले प्रदेश कमिटी अध्यक्ष खतिवडाले पूर्वराष्ट्रपति भण्डारीको कुनै कार्यक्रम नराख्न निर्देशन दिएको स्वीकारे ।

‘मैले कार्यक्रम नराख्नुहोस् भनेको हो,’ खतिवडाले अनलाइनखबरसँग भने,‘ उहाँहरूले राख्नु भयो रु, त्यसले केही रियाक्सन ल्यायो भने उहाँहरूले नै व्योहोर्नुपर्छ ।’एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीलाई एमाले केन्द्रीय कमिटीले सदस्यता नविकरण नगर्ने निर्णय गरिसकेको छ । भण्डारीको पक्ष र विपक्षमा बहस नगर्न पनि सर्कुलर जारी गरेको छ । पार्टीको निर्देशन भएका कारण संस्थापन पक्षका नेताहरू सहभागी नभएका हुन् ।संस्थापनको असहयोग र अवरोधका बीच विराटनगर पार्टी कार्यालय पुगेकी भण्डारीले विगत सम्झेकी थिइन् । ४५ वर्षअघि विराटनगरमै हुँदा पार्टी सदस्यता लिएको उनले स्मरण गरिन् ।‘अहिले पार्टीको विशेष जिम्मेवारीमा त म छैन, तर राष्ट्रपतिबाट निवर्तमान भइसकेपछि मैले पार्टीको मेरो सदस्यता नवीकरण गरेको छु, ४५ वर्ष भइसक्यो म पार्टी सदस्य भएको,’ उनले भनिन्,‘ एउटा सुखद संयोग के छ भने, पार्टी सदस्य पनि म विराटनगरबाटै भएको, अनि सपथ पनि यहीँ खाएको र यहीँबाट २०४६ सालको जनआन्दोलनमा पनि भाग लिएको । त्यसपछि हामी काठमाडौं गएको हो ।

’‘विद्या भण्डारीमाथि राजनीतिक अपराध गरियो, सच्याउनुपर्छ’उनले विराटनगरसँग भावना जोडिएको बताइन् । ‘सबै हिसाबले विराटनगर, मोरङ चाहिँ हाम्रो गृह जिल्ला, प्रिय नगर जस्तो भएर जोडिएको छ ।’ उनले भनिन् ,‘म नेकपा ९एमाले० हुँ र नेकपा ९एमाले० को संगठित सदस्य हो, त्यस्तो जिम्मेवारी चाहिँ विशेषै छैन ।’‘राष्ट्रिय स्वाधिनतालाई सुदृढ बनाउनुपर्छ र राष्ट्रिय अर्थतन्त्रको विकास गरेर आत्मनिर्भर हुनुपर्छ र समृद्धिको बाटोमा जानुपर्छ,’ उनले भनिन्,‘ नेकपा ९एमाले० ले मार्गदर्शन सिद्धान्तको रूपमा लिएको जनताको बहुदलीय जनवादको पनि त्यही नै उद्देश्य हो ।’ ‘म पार्टीकै कार्यकर्ता हो, यही पार्टीबाट हुर्किएर देशको राष्ट्रपतिसम्म भएँ र फेरि राष्ट्रिय एजेन्डामा काम गर्नको लागि नेकपा ९एमाले० नै उपयुक्त पार्टी हो भनेर फर्कें,’ उनले भनिन् ,‘म तपाईंहरूकै परिवारमा आबद्ध भएको छु । हामीले राष्ट्रिय कामहरू, हाम्रा राष्ट्रका अभिभाराहरू यो पार्टीले पूरा गर्न सक्छ भन्ने मलाई लागेको छ।’






