झलारी : कृष्णपुर नगरपालिका ६ मा आज सिंहपुर युवा क्लव तथा सिंहपुर गाउँ समाजको भवनको उद्घाटन गरिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर सुदूरपश्चिम प्रदेश सभाका पूर्व सदस्य महेशदत्त जोशीले एक समारोहका विच भवनको उद्घाटन गर्नु भएको हो ।

उद्घाटन कार्यक्रममा मन्तव्य राख्नु हुदै उहाँले समाजका हरेक क्षेत्रमा युवाहरुको सहभागीता बढाउनु पर्नेमा जोड दिनु भयो ।
युवाहरुले अघि सरे समाज अगाढी बढछ उहाँले भन्नुभयो, युवाहरुले राजनीतिक क्षेत्रमा सहभागीता जनाउए मात्रै देश बन्छ, त्यसैले गाउँ, नगर, प्रदेश हुदै केन्द्र सम्मको राजनीतिमा सहभागी हुनका लागि खुट्टा कमाउनु हुदैन, निडर भएर अगाडी बढने बेला आएको छ ।

देशमा राजनीतिक परिवर्तन भएपनि जनअपेक्षा अनुरुप विकास नभएको जनगुनासो आउने गरेको चर्चा गर्नु हुदै उहाँले गाउँ गाउँमा कालोपत्रे सडक, विद्यालय, स्वास्थ्य चौकी, वडा कार्यालय बनेका छन त्यो विकास नभएर के भएको हो। विकास भएको छ तर जनताले सोचे जति नभएको हुन सक्छ उहाँले भन्नुभयो ।

विकास भएको छ उहाँले भन्नुभयो, त्यो संग संगै भ्रष्ट्राचार पनि आएको छ । त्यसलाई निम्टयान्न पार्न नदीले संगै बगाएर ल्याउने कसिंगरलाई ठेगान लगाए झै भ्रष्ट्रहरुलाई ठेगान लगाउन सबैले लाग्नु पर्छ । युवा क्लवले नेतृत्व विकास संगै संस्कृति जगेर्नामा महत्वपूर्ण भूमिका खेल्दै आएको उहाँले बताउनु भयो ।
युवा क्लवका अध्यक्ष तथा वडा अध्यक्ष बाबुराम चौधरीले क्लव गठन हुदा पराल, गुन्द्रीमा बैठक हुने गरेकोमा हाल भवन निर्माण भएपछि हलमा बैठक बस्न थालेको बताउनु भयो ।
सुदूरपश्चिम प्रदेश सभाका पूर्व सदस्य महेशदत्त जोशीको पहलमा भवन निर्माणको कार्य संभव भएको उहाँले उल्लेख गर्नु भयो ।भवन निर्माण भएपछि क्लव र गाउँ समाजलाई आ आफना गतिविधि सञ्चालन गर्न, बैठक गर्न सहज भएको उहाँले बताउनु भयो । क्वलवमा आवद्ध युवाहरुले सडक सरसफाई, जनचेतनामूलक कार्यक्रम, असहायलाई सहयोग संगै सामाजिक क्षेत्रमा अग्रसर भएर कार्य गर्दै आएको उहाँले बताउनु भयो समाजसेवी जोगराज चौधरीले समाजलाई रुपान्तरण गर्नमा युवाहरुको योगदान अहंम रहेको बताउनु भयो ।
युवाहरुले गाउँको विकासका लागि अग्रसर हुदै आएकाले सिंहपुर गाउँको पहिचान अरुको तुलनमा छुट्टै रहेको बताउनु भयो । सुदूरपश्चिम प्रदेशको पूर्वाधार विकास कार्यक्रम अन्र्तगत आब ०७७÷७८ र आब ०७८÷७९मा गरी रु २० लाख बजेटमा सिंहपुर युवा क्लवको कार्यालय कक्ष र सभा हल सहितको भवन निर्माण गरिएको छ । सिंहपुर गाउँका भलमन्सा ठाकुराम चौधरीको अध्यक्षतमा भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।






