हरियाली सामुदायिक वन: वातावरण बचाउँदै, जीवन सजाउँदै


हेमा भट्ट/ कृष्णपुर: कृष्णपुरको हरियाली सामुदायिक वन उपभोक्ता समूहले यस वर्षको सामुदायिक वन दिवसलाई केवल उत्सवमा सीमित राखेन, बरु २५० घरधुरीको भान्सामा विद्युतीय क्रान्ति ल्याइदियो। ५०% अनुदानको योजनाअन्तर्गत समूहले स्थानीय उपभोक्तालाई ग्याँसको विकल्पका रूपमा विद्युतीय चुलो वितरण गरेको हो। यो अभियान एसएनभी नेपालको सहयोगमा सम्पन्न भयो।

प्रत्येक चुलोको मूल्य रु ६,३०० भए पनि एसएनभी ले प्रतिचुलो रु २,१५० सहयोग गरेको थियो। बाँकी रकमको ५०% सामुदायिक वन र ५०% उपभोक्ताले व्यहोरेका थिए। ५ लिटरको कुकरसहितको सम्पूर्ण सेट लिनेहरूले थप रु ५०० तिरेर रु ६,७०० को प्याकेज प्राप्त गरेका थिए। कार्यक्रम समूहको सभाहलमा सम्पन्न भयो। सचिव सपना चौधरीको अध्यक्षता र डिभिजन वन कार्यालय कञ्चनपुरका राम बिक्रम ठाकुरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कृष्णपुर–५ का वडाध्यक्ष टेक पाण्डे, बेदकोटका निर्वतमान मेयर अशोक कु चन्द, डिभिजन कार्यालयका वरिष्ठ ब.अ. सव. भरत प्रसाद शाह, एसएनभी नेपालका सन्तोष आर्याल, र सादा नेपालका कृष्ण ठगुन्ना विशिष्ट अतिथि थिए।

समूहका कोषाध्यक्ष दिपेन्द्र बहादुर सिंहका अनुसार, प्रत्येक सेटमा ३ लिटरको कुकर, २६ इन्चको कडाई र १ थान विद्युतीय चुलो समावेश थियो। यस अभियानबाट २५० घरधुरी प्रत्यक्ष लाभान्वित भई, उनीहरूको दैनिक जीवनमा स्वच्छ, सुरक्षित र वातावरणमैत्री ऊर्जा प्रयोगको सुरुवात भएको छ। ५०% अनुदानमा विद्युतीय चुलो र भाँडाकुँडासहितको सेट ग्रहण गर्दै स्थानीय उपभोक्ताहरू ।


ताजा समाचार

spot_img