कञ्चनपुर : कञ्चनपुरकोे बेलडाँडी गाँउपालिका २ सिहपाल टोलकी १७ बर्षिया सम्झना भट्ट मृत्यु प्रकरणमा घर परिवार पक्राउ परेका छन । सम्झनाका श्रीमान पवन, सासुससुरा किरण हरिदत्त पनि पक्राउ परेका हुन । घटनाकै दिन सम्झनाका श्रीमान पवन पक्राउ परेका थिए, त्यसपछि सासु र ससुरालाई पनि पक्राउ गरेको कञ्चनपुर प्रहरीले जनाएको छ । ञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले आत्महत्या दुरुत्साहन अ्रन्र्तरगत किटानी जाहेरीका आधारमा सम्झनाका श्रीमान, सासु, ससुरालाई नियन्त्रणमा लिएर घटना बारे अनुसन्धान भईरहेको बताए । प्रवक्ता बोहराले अनुसार घटना स्थलदेखि सबै कोणबाट अनुसन्धान अघि बढाईएको बताए । १८साउन घरकै झुण्डिएको अवस्थामा सम्झना मृत फेला परेकी थिईन । माईती पक्षले आत्महत्या जस्तो देखिने भएपनि हत्या भन्दै पोष्टमाष्टम गर्न मानेको छैन । चार दिनदेखि सम्झनाको शव महाकाली अस्पतालमा राखिएको छ । सम्झनाले आफु बाँच्न नसकिने भन्दै आफन्तलाई म्यासेजदेखि घरमा कुटपिट हुने भन्दै गुनासो गर्दै आएकी थिईन ।

भीमदत्त नगरपालिका ६ ऐठपुर महेन्द्रनगरकी सम्झना र बेलडाँडी २ सिहपाल टोलका पवनकोे विवाह ६ महिना नवित्दै सम्झना सदाका लागि विलय भएकी छिन । प्रेम सम्बन्धमा रहेका सम्झना र पवनको १८ फागुन ०८१ मा विवाह भएको थियो । विवाह भएको ६ महिना पनि पुरा नहुँदै सम्झना झुण्डिएर मृत फेला परेपछि माईती पक्षले पोईली पक्षमाथि मर्न बाध्य बनाएको भन्दै घटनाको छानबिन गर्नुपर्ने माग अघि सारेका छन । विवाह लगत्तै निरन्तर घरमा हुने झै झगडा कलहकै कारण छोरी गुमाउनु परेकोे माईती पक्षको भनाई छ । सम्झनाका बाबु भोजराज भट्ट बिहे गरेपछि घर परिवारमा पटक पटक मानसिक तनाव दिने गरेको बताए ।

उनका अनुसार एक दिन अघि पनि ईप्रका बेलडाँडीमा सम्झना र उनका श्रीमान पवनलाई प्रहरीले सम्झाई बुझाई गरेको थियो । सम्झना आफ्नै घरमा झुण्डिएर मृत फेला परेपछि माईती पक्षले शरिरमा निलडाम, घाउचोट भएकाले मर्न बाध्य बनाएको आशंका गरेका छन । ‘बिहे भएपछि छोरीलाई पटक पटक मानसिक तनाव दुख दिने काम गर्दै आएका थिए, ‘उनले भने, ‘छोरीले घरमा पनि यस्तै भन्दै आएकी थिईन, शनिबारै घर आउन खोजेपछि क्याम्पमा सम्झनासंग एक हजार रुपैया नहुँदा घर फर्किइनन्, बिहानै पनि प्रहरीले आएर झै झगडा नगर्न सम्झाई बुझाई गरेर पठाएको थियो, तर पनि छोरी बाँचिनन् ।’

सम्झनाकी बहिनी आरती भट्टले भिनाजुले आनावश्यक तनाव दिएकाले दुर्घटना घटेको बताउँदै न्यायका लागि आब्हान गरेकी छिन । उनले घर परिवारबाट तनाव दिएकै कारण दिदिले यस्तो निर्णय लिएकोे बताईन । माईती पक्षले पोईली पक्षलाई मर्न बाध्य पारेको बताईरहेका पोईली पक्षले उतिबेला नै उमेर नपुगेकाले विवाह नगरौँ, पछि गरौँला भनेपछि नमानेको आफुहरुले समेत हिन्सा, दवाव कुटपिट नगरेको दावि गर्दै आएका छन । एलबिए कक्षा १२मा अध्ययनरत छोरी गुमाएपछि भट्ट परिवार शोकमा डुबेको, सहपाठी विद्यार्थी सडकमा उत्रिएका छन । बुधबार विद्यार्थीले सम्झनालाई न्याय दे भन्दै विद्यालयदेखि बजार हुँदै प्रहरी कार्यालय अगाडी बिरोध प्रर्दशन गरेका छन । सम्झनाका साथीहरुले समेत विवाह पछि मानसिक तनाव दिने गरेको बताएका छन । सम्झनाका साथी सेजल कुँवरले लव गरेर विवाह गरेपछि श्रीमानले दुख दिने गरेको गुनासो गर्दै आएको बताईन । उनले श्रीमानले यतिकै दुख दिने गरेको आफुसंग गुनासो पोख्दै आएको तर, कहिकतैबाट समस्याको समाधान नभएको बताईन ।






