कञ्चनपुरमा आचार्य बालकृष्णको जन्मोत्सव तथा जडीबुटी दिवस भव्यताका साथ सम्पन्न

कञ्चनपुर : पतञ्जलि योग समिति कञ्चनपुरले पतञ्जलि आयुर्वेदका अध्यक्ष तथा आयुर्वेद शिरोमणि आचार्य बालकृष्णको ५३औं जन्मोत्सव एवं जडिबुटी दिवस भव्य रूपमा मनाएको छ। सन् १९७२ अगस्ट ४ मा भारतको हरिद्वारमा जन्मिएका आचार्य बालकृष्णको जन्मदिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौर, धार्मिक, पर्यटकीय क्षेत्र, भम्केनी धाममा विशेष कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रम अन्तर्गत महाकाली नदीबाट ल्याइएको पवित्र जल शिव मन्दिरमा अर्पण गरिनुका साथै यज्ञ, भजन–कीर्तन र वृक्षरोपण जस्ता धार्मिक तथा पर्यावरणीय क्रियाकलापहरू सम्पन्न गरिएका थिए। यज्ञको विधिपूर्वक सञ्चालन आचार्य सुरदर्शन जोशीले गर्नुभएको थियो। भजन–कीर्तनपछि पतञ्जलि वाटिकामा जडिबुटी तथा विभिन्न जातका विरुवा रोपण गरिएको थियो। साथै, आचार्य बालकृष्णको दीर्घायुको कामना समेत गरिएको थियो।

कार्यक्रममा पतञ्जलि योग समिति कञ्चनपुरका अध्यक्ष दया कृष्ण जोशी, केन्द्रीय सदस्य लवराज भट्ट, उपाध्यक्ष ई. धनसिंह वडाला र हरि सिंह रावल, कोषाध्यक्ष सम्शेर बहादुर चन्द, प्रशिक्षक प्रशिक्षण संयोजक केशव राज पन्त, सल्लाहकार अधिवक्ता पूर्ण बहादुर चन्द, महिला समिति केन्द्रीय सदस्य कमला सापकोटा, महिला समिति अध्यक्ष कमला पाण्डेय, उपाध्यक्ष भावना के.सी. लगायत विभिन्न योग साधना केन्द्रका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

ताजा समाचार