कञ्चनपुर : कञ्चनपुरको बेलडाँडी गाँउपालिका २ सिहपाल टोलकी सम्झना भट्ट मृत्यु प्रकरण छानबिनका साथै दोषि उपर कानुनी कार्बाहीको माग अघि सारिएको छ । भीमदत्त नगरपालिका ६ ऐठपुर महेन्द्रनगर माईती पक्षले सम्झनाको शंकास्पद मुत्यु भएको भन्दै छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका हुन । मृतक सम्झनाका बाबु भोजराज भट्ट बिहे गरेपछि घर परिवारमा पटक पटक मानसिक तनाव दिने गरेको बताए ।

उनका अनुसार एक दिन अघि पनि ईप्रका बेलडाँडीमा सम्झना र उनका श्रीमान पवनलाई प्रहरीले सम्झाई बुझाई गरेको थियो । सम्झना आफ्नै घरमा झुण्डिएर मृत फेला परेपछि माईती पक्षले शरिरमा निलडाम, घाउचोट भएकाले मर्न बाध्य बनाएको आशंका गरेका छन । ‘बिहे भएपछि छोरीलाई पटक पटक मानसिक तनाव दुख दिने काम गर्दै आएका थिए, ‘उनले भने, ‘छोरीले घरमा पनि यस्तै भन्दै आएकी थिईन ।

शनिबारै घर आउन खोजेपछि क्याम्पमा सम्झनासंग एक हजार रुपैया नहुँदा घर फर्किइनन्, बिहानै पनि प्रहरीले आएर झै झगडा नगर्न सम्झाई बुझाई गरेर पठाएको थियो, तर पनि छोरी बाँचिनन् ।’ एलबिए कक्षा १२ मा अध्ययनरत छोरी गुमाएपछि भट्ट परिवार शोकमा डुबेको छ । सम्झनाकोे शव महाकाली अस्पतालमा राखिएको छ । घटना लगत्तै प्रहरीले सम्झनाका श्रीमान पवन भट्टलाई सोछपुछका लागि जिप्रका ल्याएको प्रहरीले जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले घटना बारे अनुसन्धान भईरहेको बताए ।







