कञ्चनपुर : योङ्ग कम्युनिष्ट लिग नेपाल कञ्चनपुरको संयोजकमा रमेश पार्की चयन भएका छन । नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग नेपाल जिल्ला संयोजकमा पार्की चयन भएका हुन ।

दुई दशकदेखि माओवादी राजनीतिमा सकुय रहेका पार्कीलाई योङ्ग कम्युनिष्ट लिग नेपालको जिल्ला संयोजकको जिम्मेबारी दिएको जनाएको छ । वाईसियल कञ्चनपुरको संयोजकको जिम्मेबारी पाएका रमेश पार्कीले युवाहरुको हकहितका पक्षमा काम गर्ने प्रण गरेका छन ।







