कञ्चनपुर : महिला पंतजलि योग समिति कञ्चनपुर तथा पतंजति योग समिति कञ्चनपुरको आयोजनामा भएको सह–योग प्रशिक्षक प्रशिक्षण शिविरको विधिपूर्वक सम्पन्न भएको छ । श्रावण १ गते देखि श्रावणा १७ गते सम्म चलेको सह–योग प्रशिक्षक प्रशिक्षणमा भीनपामा रहेका विभिन्न साधन केन्द्रबाट ८१ प्रशिक्षार्थीले सहभागीता जनाएका थिए । भीनपा–१८ को विष्णु योग साधना केन्द्रको हलमा श्रावण १ गते विहान ४ः३० देखि ७ बजे सम्म शारिरिक प्रशिक्षण सत्र चलेको थियो भने अनलाइन माध्यमबाट बेलुका ७ :३० बजे देखि ८ : ३० बजे सम्म बौद्धिक सत्र सञ्चालन भएको थियो ।


समापन्न सत्रमा १७ दिन सम्म योग प्रशिक्षण लिएका प्रशिक्षार्थीहरुलाई सम्मान गर्नुको साथै नियमित हाजिर भएका र १५ गते भएको लिखित परीक्षामा राम्रो अंक ल्याउन सफल भएकालाई पुरस्कृत गरिएको थियो । १७ दिने सह–योग प्रशिक्षण शिविरमा शारिरिक प्रशिक्षण सत्रमा पतंजलि योग समिति केन्द्रीय सदस्य लवराज भट्ट, पतंजलि योग समिति कञ्चनपुरका जिल्ला अध्यक्ष दया कृष्ण जोशी, उपाध्यक्ष, ई. धन सि वडाला, हरि सिंह रावल, महासचिव प्रेम सिह भाट, संगठन सचिव पवन कुमार पनेरु, कोषाध्यक्ष सम्शेर बहादुर चन्द, प्रशिक्षक प्रशिक्षण प्रमुख केशव राज पन्त त्यसैगरी महिला पतंजलि योग समिति केन्द्रीय सदस्य कमला सापकोट, महिला पतंजलि योग समिति अध्यक्ष कमला पाण्डेय, निर्वतमान अध्यक्ष विजया लक्ष्मी अवस्थी, उपाध्यक्ष भावना के.सी., सदस्य गोविन्दी बम र प्रशिक्षक निर्माला पन्त लगायत विभिन्न योग साधना केन्द्रका प्रशिक्षकहरुले प्रशिक्षण दिनु भएको थियो भने बौद्धिक सत्रमा अनलाइन मार्फत प्रशिक्षक हिरा अधिकारी, कमला सपकोटा, कमला पाण्डेय, विजया लक्ष्मी अवस्थी र भावना के.सी.ले दिनु भएको थियो ।


‘गरौ योग, रर्हौ निरोग’ भन्ने मुल मन्त्र लिएको पतंजलि योग समिति कञ्चनपुरले विभिन्न समयमा यस प्रकारको सह–योग प्रशिक्षक प्रशिक्षण शिवरको आयोजना गरी विभिन्न योग साधना केन्द्रको निर्माण गर्दै प्रत्येक व्यक्ति स्वस्थ्य रहुन भन्ने उद्देश्य लिएको छ । विहान सुतेर जाने समयलाई सदूपयोग गरी स्वास्थ्य तन्दुरुस्त रहनको लागि पतंजलि योग समिति कञ्चनपुरले गाउँ, टोल र शहरका विभिन्न स्थानमा योग प्रशिक्षण दिदै आएको छ ।


सह–योग प्रशिक्षक प्रशिक्षण समापन कार्यक्रममा सभापतित्व महिला पंतजलि योग समिति कञ्चनपुरकी निर्वतमान अध्यक्ष विजया लक्ष्मी अवस्थी रहनु भएको थियो, प्रमुख अतिथीमा पतंजलि योग समिति केन्द्रीय सदस्य लवराज भट्टरहनु भएको थियो त्यसैगरी विशिष्ट अतिथीमा प्रदेश सदस्य नारायण पन्त, जिल्ला अध्यक्ष दया कृष्ण जोशी, महिला पतंजलि योग समिति अध्यक्ष कमला पाण्डेय, आचार्य सुदर्शन जोशी लगायत विभिन्न विशिष्ट व्यक्तिहरुकोउपस्थिती रहको थियो भने कार्यक्रम सञ्चालन महिला पतंजलि योग समिति उपाध्यक्ष भावना के.सी.ले गर्नु भएको थियो ।






