कञ्चनपुर : कञ्चनपुरको भिमदत्त नगरपालिका १५ मा रहेको आधारभुत स्वास्थ्य केन्द्रको आयोजनामा विद्यालय स्वास्थ्य कार्यक्रम अन्तर्गत मंगलबार रेडियन्ट माद्यमिक विद्यालयमा पोषण सम्बन्धि स्वास्थ्य शिक्षा कार्यक्रम सम्पन्न भएको छ । १० बर्ष देखि १९ बर्षसम्मका छात्राहरुलाई आइरन चक्की सम्बन्धि जानकारी दिन उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा विद्यालयमा अध्ययनरत छात्राहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै स्वास्थ्य केन्द्र प्रमुख तिलक प्रसाद जोशीले गर्भवती समयमा महिलाहरुमा रक्तअल्पताको कारण बिभिन्न स्वास्थ्य समस्या देखिने र महिनावारी हुँदा धेरै रगत बग्ने भएकोले महिलाहरुमा हेमोग्लोविनको कमी हुने हुँदा आइरन चक्की खान सुझाव दिनुभयो । साथै उहाँले महिलामा हेमोग्लोविनको मात्रा ११.५ देखि १६.६ सम्म हुनुपर्ने र महिनावारी भएको बेला धैरै पेट दुख्ने, धेरै रगत बग्ने समस्या देखिएमा तत्काल स्वास्थ्य चौकीमा जानुपर्ने बताउनुभयो । रक्त अल्पता हुन नदिन र शरिरमा रोग प्रतिरोधात्मक क्षमताको विकास गर्न आइरन चक्की महत्वपूर्ण हुने हुँदा सबैले यसको सेवन गर्नुपर्नेमा समेत स्वास्थ्य केन्द्र प्रमुख जोशीले जोड दिनुभएको थियो ।

