‘आर्ट अफ लिभिङ’का वरिष्ठ संन्यासी ब्रह्मचारी श्रीचैतन्यको सहभागीतामा धान रोपाई

राजेन्द्रप्रसाद पनेरु / कञ्चनपुर : ‘आर्ट अफ लिभिङ’का वरिष्ठ सन्यासी ब्रम्ह्चारी श्रीचैतन्यको सभागीतामा आज बेदकोट नगरपालिकको सुन्दरपुर स्थीत कृषि विकास फार्ममा अन्तर्राष्ट्रिय धान दिवसका अवसरमा रोपाई कार्यक्रम आयोजना गरियो । धान रोपाई कार्यक्रममा वरिष्ठ सन्यासी ब्रम्ह्चारी श्रीचैतन्य सहित कृषि विकास फार्म सुन्दरपुरका तालिम प्रमुख यज्ञराज जोशी, फार्म प्रमुख वासुदेव भट्टराई, द आर्ट अफ लिभिङका प्रशिक्षक शैलेन्द्र हमाल लगायतको सहभागीता रहेको थियो ।
ओमकार ध्वनी र मन्त्रोच्चारण सहित दिवसका अवसरमा धान रोपाई कार्यक्रम सञ्चालन गरिएको हो ।

धान रोपाई कार्यक्रममा सहभागी हुदै ब्रम्ह्चारी श्रीचैतन्यले कृषि केवल जीविकोपार्जनको माध्यम मात्रै नभएर हाम्रो संस्कृति र संस्कार संग जोडिएको बिषयबस्तु भएको बताउनु भयो ।“कृषि हाम्रो जीवनको मेरुदण्ड हो, हामी सबैले किसानको श्रमलाई सम्मान गर्न आवश्यक छ” उहाँले भन्नुभयो, “बिहान सबेरैदेखि घाम, पानी र थकानको पर्वाह नगरी काम गर्ने ती हातहरू नै आज हाम्रो थालमा अन्न पु¥याउँछन्, त्यसैले किसानलाई मात्र होइन, उहाँहरूको श्रम र पसिनालाई पनि हामीले आदरपूर्वक स्वीकार गर्नुपर्छ ।” उहाँले कृषि कर्ममा लागेका किसानहरूलाई ‘धरतीका देवता’ भन्दै उनीहरूको अतुलनीय योगदान प्रति कृतज्ञता व्यक्त गर्नुभयो । उहाँले सबै नागरिकलाई स्थानीय उत्पादनको प्रवद्र्धन, रासायनिक मुक्त खेतीको समर्थन र कृषकहरूको जीवनस्तर सुधारमा सहकार्य गर्न आग्रह गर्नुभयो ।

ब्रह्मचारी श्रीचैतन्य “आर्ट अफ लिभिङ“ संस्थाका वरिष्ठ संन्यासी तथा अन्तर्राष्ट्रिय आध्यात्मिक प्रशिक्षक हुनुहुन्छ । गुरुदेव श्री श्री रविशंकरद्वारा स्थापित यस अन्तर्राष्ट्रिय संस्था अन्तर्गत उहाँले ध्यान, योग, प्राणायाम, तनाव व्यवस्थापन तथा आत्म–विकासका कार्यक्रमहरू संचालन गर्दै आउनु भएको छ । यसै कार्यका लागि उहाँ कञ्चनपुर आइपुग्नु भएको हो ।
ीचैतन्यले युवाहरू, सरकारी अधिकारीहरू, कैदीबन्दीहरूदेखि ग्रामीण समुदायसम्मलाई जीवन कौशल सिकाउने अभियानमा सक्रिय रहदै आउनु भएको छ । उहाँ नेपाल लगायत भारत, भुटान, श्रीलंका, अमेरिका आदि देशमा प्रशिक्षण र प्रवचन कार्यक्रमहरू सञ्चालन गर्दै आउनु भएको छ ।

धान रोपाई कार्यक्रमा सहभागी कृषि विकास फार्मका तालिम प्रमुख यज्ञराज जोशीले रैनाथे जातको धान केवल अन्न मात्रै नभएर हाम्रा पुर्खाको चिनारी र सांस्कृतिक सम्पदा भएको बताउनु भयो । उहाँले आधुनिक उन्नत जातका धानको बढ्दो प्रयोगसँगै रैनाथे परम्परागत धानका जातहरू लोप हुने खतरा बढेको उल्लेख गर्नु हुदै पूर्वजहरूले सैकडौं वर्षअघिदेखि जोगाउँदै ल्याएका धानका जातहरू जैविक विविधताको संरक्षणसँग मात्र होइन, हाम्रो स्वास्थ्य र परम्परासँग पनि गहिरो सम्बन्ध राख्ने भएकाले रैनाथे जातको धान जोगाउन अहिले नै पहल नगरे अमूल्य सम्पदा गुम्ने खतरा रहेको बताउनु भयो ।
फार्म प्रमुख बासुदेव भट्टराईले कृषिप्रधान मुलुकमा वर्षेनी करोडौं रुपैयाँ बराबरको धान तथा चामल आयात हुनु दुःखद र चिन्ताजनक विषय भएको बताउनु भयो ।

देशको खाद्य सुरक्षाका लागि धान उत्पादनमा आत्मनिर्भर बन्ने प्रयास अब आवश्यक मात्र होइन, अनिवार्य बनेको चर्चा गर्नु हुदै उहाँले धान आयातमा आश्रित अर्थतन्त्र दीर्घकालीन रूपमा असुरक्षित हुने बताउनु भयो । आयात प्रतिस्थापनको नीति मार्फत स्वदेशमै धान लगायतका अन्नको उत्पादन बढाउनका लागि दीर्घकालीन सोचको आवश्यकता रहेको उहाँले बताउनु भयो । उहाँका अनुसार धानको उत्पादन बढाउनका लागि सरकारले धान आयातलाई प्रतिस्थापन गर्दै स्वदेशमै धान उत्पादनलाई प्रोत्साहीत गर्नु पर्ने बताउनु भयो । “धानको न्यूनतम समर्थन मूल्य सुनिश्चित गर्दै किसानको आत्मबल बढाउनुपर्छ” उहाँले भन्नुभयो, “धान खेतीमा यान्त्रिकीकरण र सिंचाइको सुनिश्चितता प्रदान गरिनुका साथै परम्परागत जात संरक्षण र नवीनतम प्रविधिको संयोजन गरिनु आवश्यक छ ।”धान रोपाई कार्यक्रममा युवा, किसान, महिला, कार्यालयका कर्मचारी लगायतको सहभागीता रहेको थियो ।

ताजा समाचार