गैरआवासीय नेपाली संघ क्षेत्रिय समन्वय समिति रियादको अधिवेशन सम्पन्न, अध्यक्षमा जितेन्द्र थपलिया निर्विरोध निर्वाचित

साउदी अरब: गैरआवासीय नेपाली संघ क्षेत्रिय समन्वय समिति रियादको अधिवेशन बाट अध्यक्षमा जितेन्द्र थपलिया निर्विरोध निर्वाचित हुनु भएको छ।

गैरआवासीय नेपाली संघ क्षेत्रिय समन्वय समिति रियादको अधिवेशन बाट अध्यक्षमा जितेन्द्र थपलिया निर्विरोध निर्वाचित हुनु भएको हो। यसैगरी कार्यसमितिको उपाध्यक्षमा राजु बराल, सचिव देवेन्द्र विश्वकर्मा लगायत नव निर्वाचित कार्यसमिति रहेको छ। गैरआवासीय नेपाली संघ क्षेत्रिय समन्वय समिति रियादको अध्यक्ष महेश घिमिरेको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो।

निवर्तमान अध्यक्ष महेश घिमिरे नेतृत्वको कार्यसमितिले सफलतापूर्वक जिम्मेवारी पूरा गरी सर्वसम्मत रूपमा नेतृत्व चयन गरी नवनिर्वाचित पदाधिकारी लाई जिम्मेवारी हस्तान्तरण गर्नु भएको गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, साउदी अरेबिया अध्यक्ष रबिना अर्यालले जानकारी दिनुभएको छ।

उनका अनुसार गैर आवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति रियाद (आरसिसि रियाद) को दोस्रो अधिवेशनबाट २०२५/०२७ का लागि नवनिर्वाचित पदाधिकारीमा अध्यक्ष पदमा जितेन्द्र थपलिया, उपाध्यक्ष राजु बराल, सचिव देवेन्द्र विश्वकर्मा सह–सचिव अभिषेक खरेल, कोषाध्यक्ष मिनप्रसाद अधिकारी, सह–कोषाध्यक्ष तुलसी दवाल, प्रवक्ता: प्रधून्न तिमल्सिना र सदस्यहरू जगजीवनराम, नरेश महरा, मुस्कान शर्मा, बमबहादुर सार्की, धीरज बिक, रोशन बस्नेत, कृष्णमाया हुमागाई, अनिल राणाभाट, मनोज भारती, गोपालप्रसाद आचार्य र रोशनी श्रेष्ठ रहेका छन्।

ताजा समाचार