पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर १ भुुमिराज टोलबाट सशस्त्र प्रहरीले ४ सय ९२ ग्राम चरेश सहित एक जना पक्राउ गरेको छ् । आईतबार नेपालबाट भारत तर्फ गइरहेका हुुम्ला गाँउपालिका मदना ४ बस्ने बिर्ख रोकायालाई चेक जाँच गर्ने क्रममा सशस्त्र प्रहरी बल भुुमिराज बिओपीका सशस्त्र प्रहरी निरिक्षक अमित मल्लको कमाण्डमा खटिएको टोलीले ४ सय ९२ ग्राम चरेश सहित बिर्ख रोकायालाई पक्राउ गरेको हो ।

नेपालबाट भारत लग्न लागेको अवस्थामा चरेश सहित एक जना पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म दोधारा चाादनी देविस्थानका गुल्मपती तथा सशस्त्र प्रहरी नायक उपरिक्षक सन्तोष बिर सिंहले जानकारी दिनुभएको छ् ।
बरामद गरेको चरेश र बिर्ख रोकायालाई सशस्त्र प्रहरीले कानुुनी पक्रिया अघि बढाउन ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीलाई बुुझाएको छ ।
