इन्द्रेणी कृषि सहकारी संस्था लि.ले शनिवार १३ औं वार्षिक साधारण सभा सम्पन्न


कञ्चनपुर : कञ्चनपुरको वेदकोट नगरपालिका ९ मा रहेको इन्द्रेणी कृषि सहकारी संस्था लि.ले शनिवार १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सुन्दरपुरमा रहेको श्री उदयदेव माध्यमिक विद्यालयमा सम्पन्न साधारण सभा संस्थाका अध्यक्ष शिवराज भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि शुदुरपश्चिम प्रदेशका पुर्व समाजिक विकास मन्त्रि लला वहादुर खड्का रहनु भएको थियो ।

साधारण सभा वोल्दै प्रमुख अतिथिले भन्नु भयो सरकाले सहकारीलाई देशको तेस्रो अर्थतन्त्रको रुपमा लिएको छ ।
सहकारीले कति मुनाफा बाँड्यो भन्ने ठुलो कुरा होईन सहकारीले कति जना शेयर सदस्यलाई स्वरोजगार वनायो, कति जनालाइ आत्म निर्भर वनायो ,कति जनालाई व्यवसायिक वनायो त्यो ठुलो कुरा हो , अहिले राज्यको दुई तिहाई जनसंख्या सहकारी संग जोडीएको छ, त्यसैले सहकारीलाइ व्यवस्थीत रुपमा अगाडी लैजानु पर्दछ ।

सहकारीको साधारण सभामा शेयर सदस्यहरु मध्ये वाट असल ऋणि ५ जना, असल वचत कर्ता ५ जना ,संस्थागत वचत तर्फ १ संस्था लाई सम्मन पत्र प्रदान गरेको छ । त्यसै गरी सुन्दरपुरमा रहेको श्री उदयदेव माध्यमिक विद्यालय वाट यस.ईं.ई. मा उत्कृष्ट नतिजा ल्याउने छात्र एक र छात्रा एक लाई नगद सहित सम्मान पत्र प्रदान गरेको छ ।

साधारण सभामा सहकारीलाई प्रत्यक्ष ताथा अप्रत्यक्ष सहयोग गर्ने विभिन्न संघ संस्थालाई समेत कदर पत्र र मायाको चिहो मेत प्रदान गरेको थियो । साधारण सभालाई आक्रसण वनाउन सुन्दरपुरमा रहेका दुइ वटा विद्यालय उदयदेव माध्यमिक विद्यालय र चन्द्रदेवल वोडिङ्ग स्कुल का वालवालिका वाट नृत्य प्रस्तुत गरीइएको थियो, वरिष्ठ डेउडा गायक लाल वहादुर धामीको समेत प्रस्तुती रहेको थियो र स्थानिय राना थारुको होरी लगाइत नृत्य तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरीएको थियो ।

वि.स. २०६८ भाद्र २३ गते ३५जना शेयर सदस्य वाट सुरु गरीएको सहकारीमा हाल १६०५ जना शेयर सदस्य रहेको , ३०९ जनालाई सौलियत दरको ऋण सुविधा उपलब्ध गराइएको सहकारीका अध्यक्ष शिवराज भट्टले जानकारी गराउनु भयो । कर्यक्रम सञ्चालन सहकारी संस्थाका सचिव पदम सिंह कुवरले गरेको थिए भने सहकारीको तर्फ वाट स्वागत मन्तव्य सहकारीका कर्मचारी कार्यालय साहायक गिता पाण्डेय पन्त दिएका थिए ।


Loading Viewer...

ताजा समाचार

spot_img