कञ्चनपुरको अमिटी कलेजमा खेलकुद सप्ताह सुरु


कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको अमिटी कलेजमा खेलकुद सप्ताह सुरु भएको छ। पुस १८ गतेदेखी २४ गते सम्म सञ्चालन हुने खेलकुद सप्ताहको बिहीबार एक कार्यक्रमको आयोजना गरी उद्‌घाटन गरिएको कलेजले जनाएको छ।

खेलकुद सप्ताहमा बास्केट बल, क्रिकेट, टेबुल टेनिस, ब्याडमिन्टन लगायतका खेलसँगै विभिन्न सांस्कृतिक कार्यक्रमहरू समेत सञ्चालन गरिने कलेजका प्रिन्सिपल रविन्द्रप्रसाद अवस्थीले बताउनुभएको छ। विद्यार्थीहरूलाई अध्ययन सँगै अन्य क्रियाकलापमा पनि दक्ष बनाउनका लागी खेलकुद सप्ताहमा विभिन्न विधामा खेलकुदका साथै मौलिकता झल्काउने सांस्कृतिक कार्यक्रमहरूको समेत आयोजना गरिने उहाँले बताउनुभयो। खेलकुद सप्ताहमा १ सय ६२ वटा स्वर्ण, १ सय ६२ वटा रजत  र कास्य पदकका लागि विद्यार्थीहरू प्रतिष्पर्धामा उत्रिने कलेजले जनाएको छ।

पछिल्लो समयमा युवाहरू कुलतमा फस्ने गरेको तथा आफ्नो समयलाई विभिन्न सामाजिक सञ्जालमा मात्रै खर्च गर्ने र अध्ययन र खेलकुदमा समय नदिने देखिएकोले अध्ययनसँगै खेलकुदमा समेत विद्यार्थीहरूलाई संलग्न गराउने उद्देश्यले खेलकुद सप्ताह आयोजना गरिएको कलेजका प्रिन्सिपल अवस्थीले जानकारी दिनुभएको छ।


Loading Viewer...

ताजा समाचार

spot_img