महेन्द्रनगर: कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा -१६ मा त्रैमासिक प्रगती समिक्षा गोष्ठी सुरु भएको छ।
सोमबार एक कार्यक्रमका साथ सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायल डोटि को संयुक्त आयोजनामा शुक्लाफाँटा जङ्गल कटेज भीमदत्त नगरपालिका वडा न.१६ मजगाउँ कञ्चनपुरमा आर्थिक वर्ष २०८१/०८२ को प्रथम त्रैमासिक प्रगती समिक्षा गोष्ठीको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापा (पातल) ले उद्धघाटन भएको हो।
सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत सुदूरपश्चिम प्रदेश कृषि उत्पादनमा जोड दिने र बजारीकरणमा विशेष प्राथमिकता दिने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापाले बताएका छन्। उनले भने अनुदानको कुरा लाई पनि प्रादर्शिक बनाउनमा जोड दिने र नेपाल र चीन बिच भएको भैंसीको मासु निर्यातको सम्झौता अनुरुप यसै व्यवसाय लाई बजेट विनियोजन देखि वृद्धि बिकास लाई प्राथमिकतामा रहने बताएका छन्। जसमा युवा लक्षित व्यवसाय कार्यक्रम लाई पनि पछिल्लो समय जमि लिजमा लिएको जमिनको भाडा सरकारले तिर्ने व्यवस्था रहेको छ। जसमा कृषि व्यवसाय लाई विशेष प्राथमिकतामा राखेर एम्बुलेन्स खरिद समेत गरिने बताएका छन्।
कृषी सचीव यज्ञराज जोशी कृषि मन्त्रालयले पछिल्लो समयमा निकै कर्मचारी अभावले कार्यालय सञ्चालनमा मुख्य समस्या रहेको छ। जसमा केही महिनामा २/३ कार्यालय बन्द नहोला भन्न सकिन्न किन कि कर्मचारी करारमा भर्ना गरेता पनि छोड्नेको समस्या निकै बडेमान रहेको छ। जसमा सात प्रदेश मध्य सुदूरपश्चिम प्रदेश भनेको कृषिको सम्भावना रहेको छ। ८४ प्रतिशत कृषि क्षेत्रमा रहेको तथ्यांक रहेको छ। जसमा बजेट प्रदेशमा समयमा आएको थिएन। जसका बाबजुद तीन/ चार महिनामा उल्लेखनीय कार्य भएको छ।