कञ्चनपुरमा पहिलो पटक देखियो लक्ष्मण सारस


राजेन्द्रप्रसाद पनेरु /कञ्चनपुर : बेलौरी नगरपालिका वडा न ७ नकैया सिमसार क्षेत्रमा पहिलो पटक लक्ष्मण सारस देखापरेका छन् । बेलौरी नगरपालिकाको नकैया सिमसार क्षेत्रमा २ वटा लक्ष्मण सारस देखापरेका हुन् । नेपालमा पाइने चार प्रजातिका सारसमध्ये लक्ष्मण सारस आगन्तुक प्रजाति रहेको नेपाल पंक्षी संरक्षण सङ्घ ९बीसीएन० मा कार्यरत चराविद हिरुलाल डङ्गौराले बताउनुभयो ।

उहाँका अनुसार कञ्चनपरमामा लक्ष्मण सारस पहिलो पटक देखा परेको छ । नेपाल पक्षी संरक्षण संघ –बीसीएन)का चराविज्ञ हिरूलाल डगौरा र शुक्लाफाँटा नेचरगाइड एशोसिएसनका सुवन चौधरीले सो चरा फेला पारेका हुन् । ।
बीसीएनकाअनुसार नेपालमा सबैभन्दा पहिले १९ औं शताब्दीमा तराई, हेटौडा र काठमाडौंं उपत्यकामा लक्ष्मण सारस देखिएका थिए । नेपालमा पाइने चार प्रजातिका मध्ये कालो टाउके र सारस विश्वमै दुर्लभ मानिन्छन् । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ –आइयुसीएन) को रातो सूचीमा रहेको संवेदनशील अवस्थामा रहेको प्रजाति सारस सारस क्रेन नेपालको पश्चिम तराईको लुम्बिनी, कञ्चनपुरको बेलौरी, बेल्डाडी,कैलालीको भजनी क्षेत्रमा वर्षभरि पाइने रैथाने चरा हो ।

तर, कालो टाउके सारस भने आक्कलझुक्कल देखिने गरे पनि हुम्लाको लिमीमा प्रजनन गरेको अभिलेख छ । लक्ष्मण र क¥याङ्कुरुङ सारस भने हिउँदे आगन्तुक तथा बटुवा चरा हुन । उत्तरी ध्रुवमा हिमपात भएपछि अनुकूल मौसम, सुरक्षित बासस्थान र चरनको खोजीमा यी दुई प्रजातिका सारस चरा बर्सेनि नेपाल हुँदै भारत र श्रीलङ्कातर्फ जानेगरेको डङ्गौराले बताउनुभयो । सोक्रममा ती चराहरु अनुकूल स्थान पाएमा नेपालमा पनि बस्ने गरेका छन् । संघले मुस्ताङमा गरेको अध्ययनअनुसार हरेक वर्ष करिब १५ हजार क¥याङकुरुङ सारस कालीगण्डकीको आकाश हुँदै नेपाल भित्रिने गरेका छन् ।

सारसलाई सिमसार क्षेत्रको सूचक प्रजाति मान्ने गरिएको चराविद डङ्गौराले बताउनुभयो । उहाँका अनुसार सारसको उपस्थितिले सिमसार क्षेत्र र पारस्थितीय प्रणाली स्वस्थ रहेको बुझाउने गर्दछ । यो प्रजातिको चराले सर्पको सङ्ख्या नियन्त्रण गर्नुकासाथै कृषिबालीका लागि हानिकारक शङ्खेलगायतका अन्य प्रजातिका कीरा खाएर अन्न उत्पादनमा सहयोग गर्ने गरेका छन् । यसैगरी बाघ, चितुवाजस्ता हिंसक जनावर नजिक आउन लागेमा पनि सारसले कराएर जानकारी दिने र आक्रमण हुनबाट जोगाउने गर्दछन् । खेतीपातीमा कीटनाशक विषादीको प्रयोग, जल क्षेत्रको अत्यधिक र अव्यवस्थित उपयोगले सिमसार क्षेत्र मासिंदै गएको छ ।

सिमसारमा परेको असरले सारस चरालाई असर परिरहेको छ । बासस्थानको रुपमा रहेको सिमसार क्षेत्र तीव्र रुपमा मासिंदै जानु नै सारसको लागि चुनौती रहेको डङ्गौराले बताउनुभयो । यसैगरी, चोरी सिकार, प्रदूषणलगायतका कारणले पनि सारस समस्यामा परेका छन्’, उहाँले भन्नुभयो ।


Loading Viewer...

ताजा समाचार

spot_img