महेन्द्रनगर: कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा ३७औं विश्व एड्स दिवस भब्यताका साथ मनाएको छ।डिसेम्बर १ तारिख मनाइने विश्व एड्स दिवस कञ्चनपुर जिल्लाको महेन्द्रनगर एक कार्यक्रमका साथ स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजनामा र विभिन्न संघसंस्थाको सहकार्यमा “एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौं” भन्ने मुल नाराका साथ ३७ विश्व एड्स दिवस स्वास्थ्य कार्यालय कञ्चनपुरमा मनाएको हो।उक्त दिवसको अवसरमा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था सम्मानित भएका छन्। सम्मानित हुने संस्था सहयात्रा नेपाल कञ्चनपुर नेपाल राष्ट्रिय समाज कल्याण संघ ( एनएसडब्लुए) का एचआईभीएड्सको क्षेत्रमा कार्यरत विभिन्न परियोजना, नव आशा, सचेतन नारी समाज, महाकाली एआरटी र दोधारा चादँनी एआरटी सेन्टरलाई स्वास्थ्य कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत ओम प्रकाश जोशिले प्रशंसा पत्र हस्तान्तरण गर्नु भएको छ।उक्त दिवसको अवसरमा आयोजना कार्यक्रममा सहयात्रा नेपालले यातायात खर्च सहयोग , नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) कञ्चनपुर ( इपिक परियोजना) ले काबा बालबालिका ला दुई जोड र सचेतन नारी समाज कञ्चनपुरले एक जोड न्यानो लुगा सहयोग समेत गरेको छ। सहयात्रा नेपाल कञ्चनपुरमा सञ्चालन ( यूएसआईडी एचआईभी कम्नेटी सर्भिस) परियोजनाको बारेमा सम्पुर्ण उपस्थित सरोकारवाला निकायलाई परियोजना संयोजक चाल्स बोन सिजापतिले जानकारी गराउनु भएको थियो।कञ्चनपुर क्षेत्रमा एचआईभीएड्स रोकथाम तथा नियन्त्रणका लागि कार्यरत सरकारी तथा गैरसरकारी संघसंस्थाको अतुलनीय योगदान पुर्याउनु भएको छ, जसमा आज सकारात्मक प्रभाव संगै अग्रसरले ठुलो सहयोग रहेको स्वास्थ्य कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत जोशिले बताए। उनले सम्पुर्ण लाई धन्यवाद साथ आगामी दिनमा स्वास्थ्य कार्यालय कञ्चनपुरको निरन्तर साथ सहयोगको रहने छ।
सुदूरपश्चिममा एक लाख बढीको परीक्षण गर्दा २५४ मा एचआइभी संक्रमण पुष्टि
सुदूरपश्चिममा नयाँ एचआइभी संक्रमित हुने दर घटेको छ। जनचेतनाको विकास, परीक्षणको सुविधा तथा औषधी सेवनको पहुँच विस्तारले नयाँ संक्रिमत हुने दर घटेको हो।
सुदूरपश्चिममा यो वर्ष एक लाख ११ हजार बढीमा परीक्षण गर्दा २१८ जनामा एचआइभी संक्रमण पुष्टि भएको छ। हालसम्म प्रदेशभर १७ ठाउँबाट एचआइभी संक्रमितलाई औषधी वितरण गरिँदै आएको छ। प्रदेशभर एआरटी उपचारमा ३ हजार ७२३ जना संक्रमित रहेका छन्। सुदूरपश्चिममा आर्थिक वर्ष २०८०/८१ सम्म एचआइभी संक्रमितको अनुमानित संख्या ४ हजार २६५ रहेको छ।
जसमध्ये ४ हजार ९ जनामा एचआइभी संक्रमण पत्ता लागेको छ भने उपचारको दायरमा ३ हजार ७२३ संक्रमित मात्रै आएका छन्। स्वास्थ्य निर्देशनालय डोटीको तथ्याङ्कले संक्रमित मध्ये एक हजार ९२० जनाको भाइरल लोड सप्रेसको अवस्था रहेको छ। तर पनि विगतका वर्षको तुलनामा नयाँ संक्रमित हुने दर घटेको निमित्त स्वास्थ्य निर्देशक डाक्टर खगेन्द्र बमले बताए।
आर्थिक वर्ष २०८०/८१ मा २१८ जना नयाँ संक्रमित मध्ये पुरुष १२९, महिला ८५ र एक जना यौनिक अल्ससंख्यक रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। चालु आर्थिक वर्षमा संक्रमण पुष्टि भएकामध्ये २१४ जना मात्रै नियमित उपचारमा दर्ता भएका छन्। यो वर्ष ६४ जना संक्रमितको एड्सका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा ४० जना पुरुष, २३ जना महिला र एक जना यौनिक अल्पसंख्यक छन्।
विश्व एड्सको अवस्था:
यूएनएड्सका अनुसार अहिले विश्वमा ३.९९ करोड मानिसलाई एड्स भएको छ। तीमध्ये आधाजति दक्षिणी र पूर्वी अफ्रिकामा छन्। सन् २०१० यता एचआईभीको नयाँ सङ्क्रमण हुने व्यक्तिको सङ्ख्या ३९ प्रतिशतले घटेको छ भने एड्सबाट ज्यान जाने मानिसको सङ्ख्या आधाले घटेको छ।
यद्यपि अफगानिस्तान, इजिप्ट, फिजी, फिलिपिन्स, पपुआ न्यूगिनी र साउदी अरबमा भने सन् २०१० देखि २०२३ को बीचमा एचआईभी सङ्क्रमणमा १०० प्रतिशतले वृद्धि भएको देखिएको छ। सन् २०१० यता एचआईभी सङ्क्रमण ७५ प्रतिशतले घटाउने देशहरूमध्ये नेपाल पनि छ। नेपालका अतिरिक्त यो स्तरको सफलता हासिल गर्ने देशहरूमा केन्या, मलावी र जिम्बावे छन्।
एड्सविरुद्धको लडाइँमा अहिले अफ्रिकाले नेतृत्व गरिरहेको छ।थप १८ वटा देशहरूले सन् २०१० देखि यता वार्षिक एचआईभी सङ्क्रमणदर ६० प्रतिशतले न्यूनीकरण गरेका छन्। त्यसमा धेरैजसो सब-सहारा राष्ट्रहरू छन्। लेसोथो, एस्वातिनी, बेनिन, इथिओपिया, रवान्डा, बोत्स्वाना, एरिट्रिया, लाइबेरिया, बुर्किना फासो, तोगो, जाम्बिया, बुरुन्डी, गुएना-बिसाउ र युगान्डा त्यसमध्येका देशहरू हुन्।
त्यस्तै ताजकिस्तान, पोर्चुगल, बेलारुस र इटलीले पनि वार्षिक एचआईभी सङ्क्रमणदर ६० प्रतिशतले घटाएका छन्। एचआईभी सङ्क्रमण भएर बाँचिरहेकामध्ये ७७ प्रतिशतले वैकल्पिक थेरापीको उपचार लिइरहेका छन्।
सब-सहारा अफ्रिकामा ८२ प्रतिशतले यो विधिको उपचार लिइरहेका छन्। पछिल्लो १३ वर्षमा औसत आयु पनि पाँच वर्षले बढेको छ। सन् २०१० मा ५६ वर्ष रहेको औसत आयु सन् २०२३ मा ६१ वर्ष पुगेको छ। जसको एउटा कारण एचआईभीविरुद्ध लड्ने पद्धतिमा भएका प्रगति पनि हुन्। यूएनएड्सले अफ्रिकामा भइरहेको उपचारको व्यापकताले मानिसहरूलाई एचआईभीको भाइरसलाई दबाउन र सङ्क्रमणको जोखिम कम गर्न सहयोग पुगेको जनाएको छ। धेरै देशहरूमा व्यापक रहेको समलिङ्गी यौन सम्पर्क र लागुऔषधको प्रयोगलाई फौजदारी कसुर बनाउने कानुनले पनि मानिसहरूलाई रोकथामका सेवामा पहुँच पाउनबाट बाधा पुर्याएको छ। सन् २०१० यता एचआईभी सङ्क्रमण ७५ प्रतिशतले घटाउने देशमध्ये नेपाल पनि रहेको छ।
फोटो फिचर