आचार्य दमाईद्वारा पुर्व कालाकार महरालाई उपचार सहयोग

कञ्चनपुर : आचार्य कृष्ण दमाईले कञ्चनपुरका एक बिरामी युवकलाई आर्थिक सहयोग गरेका छन । आचार्य दमाईले झर्नाखोला पीडित समेत रहेका बिरामी गगन सिह महरा(मुस्कान)लाई आर्थिक सहयोग गरेका हुन ।
बेलडाँडी गाँउपालिका १झर्नासागर टोलका वाढीपीडित, आरक्षपीडित एव बन्यजन्तु पीडित समेत रहेका महरा अहिले बिरामी भएका छन ।

बिरामी भएपछि उपचारका लागि आर्थिक समस्यामा रहेका महरालाई आचार्य दमाईले आर्थिक सहयोग गरेका छन । आचार्य दमाईले महरालाई ५ हजार १सय १रुपैया नगद आर्थिक सहयोग गरेका हुन । आचार्य कृष्ण दमाईले पुर्व कालाकार समेत रहेका, वाढीबन्यजन्तु एव आरक्षपीडित समेत रहेका महरालाई उपचारका लागि आर्थिक सहयोग गरेको बताए । यस अघि पनि आचार्य दमाईले आफुले कखरा सिकेको बैजनाथ माविका विद्यार्थीलाई विद्यालय पोषाकदेखि शैक्षिक समाग्रंी वितरण गरेका छन ।

आार्थिक संकटमा रहेका पुर्व कालाकार गगन सिह महरा(मुस्कान)ले आचार्यप्रति आभार प्रकट गरेका छन । पुर्व कलाकार महराले कञ्चनपुरकी बजारको बजारमा कल्ली, बगिरहनु सर्दै सेती, लाईफको टेन्सन लगायतका गित निकालेका थिए । तर, आर्थिक रुपमा विपन्न भएका महरा पछिल्ला दिनमा भारतमा रोजगारी गर्दै आएका छन । उनी बिरामी भएपछि अहिले आर्थिक संकटमा छन । सहयोगका लागि दातासंग समेत आग्रह गरेका छन ।

ताजा समाचार