दोधारा । दोधारा चाँदनी नगरपालिकाका वडाध्यक्ष भक्त बहादुर सुनार जनताको सुख, दु:खका सारथी बन्दै आएका छन् । दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले आफुले पाउने सरकारी सेवा सुबिद्याबाट गरिव र विपन्नहरुको पिडामा मलहम लगाउने गर्दै आएका छन् । आफुले पाउदै आएको सरकारी सेवाले गरिब, गुरुवाका समस्यालाई निराकरण गर्न खर्चदै आएका छन् । वडामा मात्रै नभई नगर क्षेत्रमा रहेका असाहय, विपन्न र साधुसन्तलाई सहयोग गरिरहने वडाध्यक्ष सुनार यस अघिको स्थानिय सरकारका सोही वडाका वडाध्यक्ष पदमा बिजय भएका हुन् । उनले तिन कार्यकाल वडाध्यक्ष पदमा बिजय भएर जनताको सेवा गर्दै आएका छन् । आज दोधारा चाँदनी नगरपालिका– १ र ८ का बिरामीहरुलाई वडाध्यक्ष भक्त बहादुर सुनारले आर्थिक सहयोग गरेका छन् ।

उनिहरुको उपचारमा सहयोग होस् भन्ने उद्धेश्यले आफुले ब्यक्तीगत सहयोग गरेको बताएका छन् । दोधारा चाँदनी नगरपालिका– १ का दले सुनारलाई उपचारको लागी रु. ५ हजार र वडा नं. ८ निवासी नर बहादुर बिकलाई रु. ५ हजार नगद सहयोग गरेका हुन् । नर बहादुर भारतको कालापहाडमा ज्याला मजुरी गर्न गएको बेला खाना पाउदा आगोले पुरै शरिर जलेको थियो । अरु शरिर राम्रो भएपनि नर बहादुरको दुबै हात सञ्चो नभएको र दुवै हात काट्नु पर्ने सल्लाह दिएका थिए ।

आर्थिक अवस्था कमजोर भएको कारण दुवै हातको उपचार गर्न सकस भएको अवस्थामा वडाध्यक्ष भक्त बहादुर सुनार नर बहादुरको घरमै पुगेर उक्त रकम हस्तान्तरण गरेका हुन् । वडाध्यक्ष सुनारले नर बहादुरको थप सहयोगको लागी सबैलाई अनुरोध समेत गरेका छन् । यस्तै दले सुनार बिगत केही वर्ष देखि मानसिक सन्तुलन ठिक नभएको र औषधी गर्न समेत घरपरिवारलाई सकस भएको अवस्थामा सहयोग गरेको वडाध्यक्ष भक्त बहादुर सुनारले बताएका छन् ।

आर्थिक अवस्था दैनिय रहेर असशक्त दर्जनौ बिरामीहरुलाई उपचारमा सघाउदै आएका हुन् । वडाध्यक्ष हुनु अघिनै चुनावी घोषणाका क्रममा गरेका जनता संगको बाँचा पुरा गर्दै आएको वडाध्यक्ष सुनारले बताएका छन् ।






