

कार्यक्रममा प्रमुख अतिथी उपसभामुख रानाले यस्ता कार्यक्रमहरुबाट नेपाल र भारतको मित्रताको डोरी कसिलो बन्दै जानुका साथै दुबै देशको संस्कृति प्रवर्द्धनमा समेत सहयोग पुग्ने बताइन् । यसरी दुई छिमेकी मुलुकको सँस्कृतीक सम्बर्द्धनको लागी महत्त्वपूर्ण भूमिका खेलेको भन्दै आयोजक कमिटीलाई धन्यवाद समेत दिइन् । यस्तै उक्त समारोहमा वलिउड अभिनेत्री जय प्रदालाई भब्य सम्मान समेत गरिएको थियो । नेपाल चेम्बर अफ कमर्शको अध्यक्ष कमलेश कुमार अग्रवाल तथा महिला चेम्बरकी उपाध्यक्ष श्रेष्ठले अभिनेत्री प्रदालाई सम्मान प्रदान गरेका थिए । सोही क्रममा अभिनेत्री प्रदाले नेपाल आफ्नो दोश्रो घर भएको र यसरी नेपालीको माया पाउदा आफु निकै हर्षित भएको भन्दै खुसी समेत व्यक्त गरिन् ।

यस्तै स्वयं अभिनेत्री प्रदाले पनि साल्ट ट्रेडिङ कर्पोरशनका अध्यक्ष प्रदिपलाल श्रेष्ठ, चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ लगायतलाई आफ्नो तर्फबाट सम्मान गरिन् । कार्यक्रममा माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोईराला,चलचित्र विकास बोर्डका अध्यक्ष एवं अभिनेता भुवन केसी,अभिनेत्रीत्रय बसुन्धारा भुषाल,चैत्यदेवी तथा भुवन चन्द, कलाकार किरण केसी,राजाराम पौडेल,देविका बन्दना, राजु सिंह,नारायण प्रधानका साथै अभिनेता सरोज खनाल,संगीतकार शम्भुजित बासकोटा,प्रहरी अतिरिक्त महानिरिक्षक भिम प्रसाद ढकाल,नेपाली सेनाका सहायक रथि राजन अधिकारी, लोकप्रिय भारतिय गुगल आन्टि ७९,प्रिमिला हिंगोरोनी,युके प्रतिष्ठित व्यवसायी सोनिया भाटिया, भारतिय प्रख्यात व्यक्तित्व सविता राणा भारती, प्रतिष्ठित व्यबसायी एवं सामाजिक अभियान्ता डा.अनुप शर्मा भारतिय चर्चित डान्सर हिमांशु द्धिवेदी टिपिएफ फ्याकिटका आकाश गुप्ता, डा.अर्पणा शाह, चेम्बरका पदाधिकारीहरु, पर्यटनविद, संस्कृ

कार्यक्रममा अभिनेत्री जय प्रदा अभिनित चर्चित गीत ‘डफली वाले’ मा प्रस्तुति दिएकी थिइन् । उनको नृत्यमा उपस्थित दर्शकहरुले गडगडाहट ताली बजाएर सम्मान गरेका थिए ।संचारकर्मी दिनेश डिसीले संचालन गरेको उक्त कार्यक्रममा आयोजक लिडिभाईनकी प्रमुख पुनम कौशिक, व्यवस्थापक श्रुती सरल, निर्देशक अंकित शर्मा, नेपालका आयोजक प्याजेन्ट नेपालका प्रमुख राज लुईटेल लगायतले कार्यक्रम सफल भएको र आगामी दिनमा हुने कार्यक्रमका लागि थप उर्जा मिलेको बताए । अभिनेत्री प्रदा यसै कार्यक्रममा सहभागिताका लागि २ दिने नेपाल भ्रमणमा आएकी थिईन भने उनी सहित भारतबाट करिब ४ दर्जन वढि व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।

