दोधारा चाँदनीको अलपत्र ‘दराती रोड’ अवरुद्ध, नगरपालिकाको मुलगेटमा धर्ना


दोधारा । दोधारा चाँदनी नगरपालिकाको अलपत्र ‘दराती रोड’ राष्ट्रिय युवा संघ र स्थानियहरुले ढुङ्गा, मुढा राखेर सडक बन्द गरेका छन् । दोधारा चाँदनी नगरपालिका– ७ को वडा सदस्य संदिप उपाध्यायको घर देखि चन्द चौराह हुदै पुर्णागिरी आधाभुत जाने अलपत्र ‘दराती रोड’ राष्ट्रिय युवा संघ र स्थानियहरुले ढुङ्गा, मुढा राखेर सडक बन्द गरेका छन् । सडक बन्द पछि राष्ट्रिय युवा संघ र स्थानियहरुले नगरपालिकाको मुल गेटमा धर्नामा बसेका थिए । २ वर्ष देखि निमार्ण कार्य सुर गरिएको सडक अलपत्र बनाएर हिड्न समेत समस्या भएको बताउदै उनिहरुले उक्त सडक खण्ड ढुङ्गा, मुडा राखेर सडक अवरुद्ध गरेका हुन् । बिहान ९ बजेमा सडक बन्द गरे उनिहरुले बिरोध जनाएका हुन् । झण्डै डेढ किलोमिटर पक्की सडक संग २ स्थानमा स्लेव ढलान गर्ने योजना अनुरुप उक्त अलपत्र ‘दराती रोड’ २ वर्ष अघि निमार्ण कार्य सुरु गरिएको हो ।

उक्त डेढ किलोमिटर पक्की सडक संगै स्लेव कल्र्भट निमार्ण कार्यको जिम्मा महरा निमार्ण सेवा र देउती विल्ड्रर्सले लिएको थियो । फुटेका बेग्रेीलत ढुङ्गा बाटोमा रहेको र २ स्थानमा स्लेव ढलान निमार्ण कम्पनीले अलपत्र बनाएर छाडेपछि स्थानियहरुले आफुहरुलाई हिडडुल गर्न असहज भएको भन्दै तिनै तहका सरकारलाई गुहार्दै आएका थिए । निमार्ण कम्पनीले सडक अलपत्र छोडेपछि स्थानियहरुले २ स्थानमा काठोको पुल बनाएर पुलको उद्धघाटन गरेका थिए । पुल उद्धघाटनमा गाँउको एक बोयोबृद्धलाई काठेपुलमा दरातीले रिविन काटेर पुलको उद्धघाटन गरेका थिए । राष्ट्रिय युवा संघ दोधारा चाँदनीका अध्यक्ष बिनोद चौधरी र राष्ट्रिय युवा संघ दोधारा चाँदनीका पुर्व अध्यक्ष रामसिंह खड्काको अगुवाईमा आज बिहानै देखि अलपत्र ‘दराती रोड’ अवरुद्ध गरि बिरोधमा उत्रेका थिए ।

उनिहरुलाई स्थानियहरुले साथ दिएका थिए । राष्ट्रिय युवा संघ दोधारा चाँदनीका अध्यक्ष बिनोद चौधरीले ठेकेदारको चरम लापरवाहीको कारण स्थानियहरुलाई सामान्य हिडडुल गर्न समेत असहज भएको र साईकल तथा मोटरसाईकल चलाउन नमिल्ने अवस्था भएको हुदा स्थानियहरुले ठुलै सास्ती खेप्दै आएको बताउदै सडक निमार्णको माँग राख्दै आन्दोलन गनुृ आवश्यक भएको बताएका छन् । ‘सरकारले स्थानियहरुको पिडा नबुझेको हुदा सडक अबरुद्ध गरि आन्दोलन गर्न बाध्य भएको हो’ राष्ट्रिय युवा संघ दोधारा चाँदनीका अध्यक्ष बिनोद चौधरीले भने ।

सडकमा ढुङ्गा, मुडा राखेर झण्डै ३ घण्टा बढी सडक अबरुद्ध गरि आन्दोलनमा उत्रेका स्थानियहरुले दोधारा चाँदनी नगरपालिकाका मुल गेटमा पुगेर धर्ना दिएका थिए । ‘हामीले ३ घण्टा जती सडक अबरुद्ध गरेपनि जनप्रतिनिधी कोही नआएपछि नगरपालिकामा पुगेका हौ’ राष्ट्रिय युवा संघ दोधारा चाँदनीका पुर्व अध्यक्ष रामसिंह खड्काले भने । हालको लागी स्थानियहरुलाई हिड्न तथा साईकल तथा मोटरसाईकल हिड्न सजिलोको लागी सडक निमार्ण गर्ने जनप्रतिनिधीहरुको सहमती पछि अवरुद्ध सडक खुलेको राष्ट्रिय युवा संघ दोधारा चाँदनीका पुर्व अध्यक्ष रामसिंह खड्काले बताएका छन् ।

झण्डै रु. ३ करोडमा निमार्ण कार्य सुरु गरिएको दराती सडकमा ठेकेदारले निमार्ण कार्य अधुरै छाडेपछि स्थानियहरुलाई आवागमनमा सास्ती खेप्नु परेको हो ।


ताजा समाचार

spot_img