कञ्चनपुर : भीमदत्तनगरपालिका –४ र ५ स्थित कालिपुलमा युवकको शव नहरमा डुबेको अवस्थामा फेला परेको छ । आइतबार देखि वेपता भएका युवकको शव मंगलबार विहान स्थानियहरुले देखे पछि प्रहरीलाई खबर गरेका थिए ।
अन्दाजी ३५ वर्षका भीनपा ४ बस्ने चन्द्र बहादुर विष्टको शव नहरमा डुबिरहेको अवस्थामा फेला परेको हो । आईतबार बाट हराएका चन्द्र घर नआएपछि प्रहरीलाई खबर गरेका थिए ।

मृत्यक विष्टकी श्रीमति नेपाल आर्मीमा कार्यरत छिन् उनी हाल शान्ति सेनामा सुडानमा रहेकी छिन विष्टको सानी छोरी पनि रहेको स्थानियले बताए । शव फेला परेको स्थान नजिकै रहेको मदिरा पसल बाट दुई जनालाई पक्राउ गरी सोधपुछ भई रहेको डीएसपी डाँगीले बताए । पीडित परिवारले चन्द्रको हत्या गरी नहरमा फालेको आंशका गरेका छन् ।

