कञ्चनपुर: पल्सरपिपुल्स च्वाईस प्रतियोगितामा छनौट भएकी भलिबलकी राष्ट्रिय खेलाडी निरुता ठगुन्नालाई जिताउनका लागि ब्याडमिन्टनका एक अन्र्तराष्ट्रिय खेलाडीले आर्थिक सहयोग गरेका छन । ब्याटमिन्टनका अन्र्तराष्ट्रिय खेलाडी दिपेश धामीले पल्सरपिपुल्स च्वाईस प्रतियोगितामा छनौट भएकी भलिबलकी राष्ट्रिय खेलाडी ठगुन्नालाई जिताउनका लागि आर्थिक सहयोग गरेका हुन । एपिएफका पुर्व खेलाडी समेत रहेका धामी हाल अमेरिकामा रहेका छन ।

भीमदत्त नगरपालिका ६ ऐठपुर कञ्चनपुर निवासी धामीले निरुतालाई अवार्ड जिताउनका लागि आर्थिक सहयोग गरेको जिल्ला भलिबल संघ कञ्चनपुरले जनाएको छ । जिल्ला भलिबल संघ कञ्चनपुरका सचिव उत्तम विष्टले महेन्द्रनगरमा जारी रहेको तेस्रो मुख्यमन्त्री राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता समारोह कार्यक्रममा ब्याडमिन्टनका अन्र्तराष्ट्रिय खेलाडी धामीका बाबु हरक सिह धामीले जिल्ला भलिबल संघ कञ्चनपुरका अध्यक्ष श्याम सिह मौनीलाई नगद २ हजार ५ रुपैया आर्थिक सहयोग रकम हस्तान्तरण गरेको बताए ।

नेपाल भलिबल संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष समेत रहेका हरक सिह धामीले अमेरिकामा रहेका छोरा दिपेशले सुदूरपश्चिका खेलाडीको उत्साहका लागि निरुतालाई उक्त रकम सहयोग गरेको बताए । नेपाल भलिबल संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष धामीले सुदूरकी छोरी निरुतालाई जिताउन उक्त सहयोग गरेको बताए ।







