कैलालीको फाप्ला स्टेडियमलाई गौरवको आयोजना घोषणा गर्दैछौँ : परराष्ट्रमन्त्री साउद


कञ्चनपुर : कैलालीको फाप्ला क्रिकेट स्टेडियमलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्ने तयारी भइरहेको परराष्ट्रमन्त्री एनपी साउदले बताउनुभएको छ । खेल क्षेत्रले देशलाई विश्वमाझ चिनाउने बताउँदै उहाँले पूर्वाधार निर्माणमा सरकार लागि परेको बताउनुभयो ।

“फाप्ला स्टेडियमलाई गौरवको आयोजना घोषणा गर्दैछौँ । त्यसका लागि प्रक्रियागत कुरा अगाडि बढेको छ”, उहाँले भन्नुभयो, “खेलकुदले देशलाई विश्वमाझ चिनाउँछ । पूर्वाधार निर्माणमा सरकारको प्राथमिकतामा छ ।” नेपालको क्रिकेट खेल अभ्यासका लागि भारतले स्टेडियम उपलब्ध गराउने प्रतिवद्धता जनाउको उहाँले बताउनुभयो ।

यसले नेपाली क्रिकेट खेलाडीलाई अभ्यासमा सघाउने उहाँको भनाइ छ । आइतबार कञ्चनपुरको भीमदत्त नगरपालिका– ४ महेन्द्रनगरस्थित खुलामञ्चमा तेस्रो मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । परराष्ट्रमन्त्री साउदले प्रतियोगिताको उद्घाटन गर्नु भएको हो । प्रतियोगिता माघ २० गतेसम्म चल्ने छ ।


ताजा समाचार

spot_img