उपमेयर जोशीको पहलमा दोधारा चाँदनी अस्पताललाई झण्डै ९४ हजारको औषधी


दोधारा । उपमेयर गंगा देबी जोशीको पहलमा दोधारा चाँदनी अस्पताललाई औषधी उपलब्ध गराईएको छ् । दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीको पहलमा शुदुरपश्चिम प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय प्रदेश स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्र कैलालीबाट प्राप्त औषधी दोधारा चाँदनी अस्पताललाई हस्तान्तरण गरिएको छ् । दोधारा चाँदनी अस्पतालमा आयोजित एक कार्यक्रमको बिच उक्त १९ प्रकारका झण्डै रु. ९४ हजार पर्ने औषधी दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष तथा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष ओंम बस्नेतलाई हस्तान्तरण गरिएको दोधारा चाँदनी अस्पतालका ल्याव अधिकृत हर्क बहादुर कुँवरले जानकारी दिएका छन् ।

उपमेयर जोशीको पहलमा शुदुरपश्चिम प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयबाट यस अघि पनि दुई चरणमा गरि झण्डै रु. ८ लाख बराबरको औषधी तथा उपकरण हस्तान्तरण गरिएको हो । उपमेयर जोशीले शुदुरपश्चिम प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय प्रदेश स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्र कैलालीमा समन्वय गरि उक्त दोधारा चाँदनी नगर अस्पतालको लागी औषधी र स्वास्थ्य उपकरण उपलब्ध गराईएको बताईएको छ् । औषधी हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशी, दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष तथा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष ओंम बस्नेत, दोधारा चाँदनी अस्पतालका डा. पवन शाह, निरज चौरसिया, दोधारा चाँदनी नगरपालिका– ४ का वडा सदस्य गगन बहादुर सिंह, भानु माध्यमिक बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिल बहादुर सिजाली लगाएत स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।

शुदुरपश्चिम प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय प्रदेश स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्रबाट अस्पतालको लागी अतिआवश्यक औषधी प्राप्त भएको अस्पतालले जनाएको छ् । उपमयेर जोशीको पहलमा ल्याईएका औषधीले नगर क्षेत्रको स्वास्थ्य सेवामा सहजता आउने बिश्वास लिईएको छ् । आगामी दिनहरुमा नगरको अस्पताललाई अझै सुबिद्या सम्पन्न बनाउन सबै पक्षको सहयोग र सहकार्यको खाँचो रहने कार्यक्रममा बताईएको हो । सामाजिक बिकास मन्त्रालय प्रदेश स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्र संग समन्वय गरि अस्पतालमा निशुल्क औषधी र स्वाथ्य उपकरण ल्याउन सफल भएको भन्दै उपमेयर जोशीको कार्य प्रति स्थानियहरु खुशी ब्यक्त गरेका छन् ।

दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष ओंम बस्नेतले अस्पताललाई अझै आधुनिकरण गर्न थुप्रै कार्य बाँकी रहेको बताउदै उपमेयर जोशीको पहलमा हस्तान्तरण गरिएको औषधीले अस्पतालले सेवा दिन सहज हुने बताउदै पहलकर्ता उपमेयर जोशीले धन्यबाद दिएका छन् ।


Loading Viewer...

ताजा समाचार

spot_img