भीमदत्त नगरमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु


कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । आइतबारदेखि भीमदत्त नगरपालिका ४ महेन्द्रनगर कबर्ड हलमा नगर स्तरीय १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको हो ।भीमदत्त नगरपालिकाको आयोजनामा शुरु भएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिको सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले प्रतियोगिता उद्घाटन गरेका छन । उद्घाटन गर्दै मन्त्री भट्टले खेलुदबाट राष्ट्रका लागि दक्ष र अनुशासित जनशक्ति उत्पादन हुने भएकाले खेलकूद महत्वपूर्ण भएको बताएका छन ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य पूर्व मन्त्री प्रकाश रावलले प्रदेश सरकारले खेलकूद क्षेत्रका विभिन्न अवरोध हटाउँदै खेल र खेलाडीलाई व्यवस्थित रुपमा अघि बढाउने कार्य गरिएको उल्लेख गदै आफू मन्त्री हँुदा कबर्ड हल, व्यायाम शाला लगायतका पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरेको बताए । सुदूरपश्चिम प्रदेश सभा सदस्य भारतीले महेन्द्रनगरमा खेल खेलेर डम्बर दत्त भट्ट लगायतले अन्र्तराष्ट्रिय जगतमा देशको नाम चिनाएको उल्लेख गर्दै सबै विद्यार्थीले खेलबाट देशलाई चिनाउने लक्ष्य लिएर अघि बढ्नु पर्नेमा जोड दिईन । भीमदत्त नगरपालिका १० का वडा अध्यक्ष महेश चन्दले महेन्द्रनगरमा लामो समयपछि कबड्डीको अन्तर्राष्ट्रिय प्रतियोगिता हुन लागेको उल्लेख गर्दै यसले खेल क्षेत्रको विकासमा सहयोग पुग्ने बताए । उद्घाटन समारोहको अध्यक्षतामा ग्रहण गरेका भीमदत्तका मेयर बोगटीले नगर क्षेत्रको खेलकूद व्यवस्थित गर्नका लागि सरकारी तथा गैर सरकारी क्षेत्रसित सहकार्य गरिने बताए ।

भीमदत्तको सामाजिक विकास समितिका संयोजक सुशिल कुमार भट्टले कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रतियोगितामा ४८ विद्यार्थीको सहभागिता रहेको बताए । पहिलो दिन मार्च पासमा भीमदत्त नगरपालिका ७ हल्दुखालको महाकाली जनसेवा मावि प्रथम, होली फेमली इङ्गशिल मिडियम स्कुल तिल्केनी द्वितीय र वेष्टर्न पब्लिक एकेडेमी तेस्रो स्थान हासिल गरेका थिए । प्रतियोगितामा ५४ स्वर्ण, ५४ रजत र ५४ कास्य पदका लागि विद्यालयले विभिन्न खेलमा प्रतिस्पर्धा गर्ने छन ।प्रतियोगिताबाट जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि खेलाडी छनौट हुने छन । नगर खेलकूद समितिका अध्यक्ष शरद चन्दले प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कबड्डी, मार्सल आर्टसका खेलहरु हुने भएका छन् । यी खेलमा एथ्लेटिक्स अन्र्तगत १३ विधा, भलिबल र कबड्डी छात्र र छात्रा दुबै तथा मार्सल आर्टसमा कराँते र तेक्वान्दोको खेल हुने बताए । तेक्वान्दो र कराँतेका ६÷६ इभेन्टस समावेश गरिएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img