४६ औं वर्ष (पाचौं) स्थापना दिवस समारोह २०८० सम्पन्न


कञ्चनपुर : भीमदत्त नगरपालिकाको ४६ औं वर्ष (पाचौं) स्थापना दिवस समारोह २०८० सम्पन्न भएको छ । तत्कालिन महेन्द्रनगर पञ्चायतको रुपमा वि.सं. २०३४ सालमा भूजेला, सिद्धनाथ र आदर्श गाँउ पञ्चायतका सम्पुर्ण भाग तथा सुडा र ऐरी गाँउ पञ्चायतको आंशिक भू–भाग मिलाई गठन भएको हो । वि.सं. २०४७ सालको जनआन्दोलन पश्चात महेन्द्रनगर नगरपञ्चायत बाट नाम परिवर्तन गरी महेन्द्रनगर नगरपालिका बनाइयो र वि.सं. २०६५ साल कार्तिक २० गतेको नेपाल सरकार मन्त्रि परिषदको निर्णयानुसार शहिद भीमदत्त पन्तको सम्मान स्वरुप यस नगरपालिकालाई भीमदत्त नगरपालिका नामाकरण गरिएको थियो ।

No description available.

स्थापना भएको ४६ वर्ष भए पनि स्थापन दिवस मनाउन लागेको ५ वर्ष भएको छ । भीमदत्त नगरपालिकाले स्थापन दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाएको छ । ‘सन्तुलित वातावरण सुशासन सहितको समाजवाद, उन्मुख समृद्ध नगर, कृषि, पर्यटन तथा प्रविधिमा आधारित अर्थतन्त्र विकासको आधार’ भन्ने मुलनाराका साथ शुरु भएको स्थापना दिवसमा नगरपालिकाको हित लगायत नगरपालिका भित्र योगदान पु¥याएका व्यक्तिलाई विभिन्न विधामा सम्मान पनि गरिएको थियो । नगद रु. १५ हजार, र रु.११ हजार सहित प्रमाण पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

No description available.

सम्मान पाउनेमा सहिद दशरथ चन्द विद्यामा कल्पना के.सी.शहिद भीमदत्त पन्त जगन्नाथ राना, गोबिन्द गौतम सीमा सुरक्षा भवानी दत्त जोशी, पहलमान सिह लालाबहादुर धामी, मानवअधिकार क्षेत्रमा उर्मिला शाही, महाकाली खेलकुद क्षेत्रमा आकाश सैजवाल, द्वावारिका देवी शिक्षा महेन्द्र भण्डारी, विज्ञान प्रविधि कृष्ण दत्त भट्ट, असाहय सेवा रविन्द्र सुनार, उत्कृष्ट करदाता जय प्रकाश अग्रवाल, पत्रकार राम बहादुर चन्द पुरस्कार लक्ष्मी जोशी, वन वातावरण तथा सरसफाई क्षेत्रमा मदन चन्द, एन.डी.चटौत ललीत पुरस्कार शिद्ध सामुदायिकका बन अध्यक्ष प्रेम सिह धामीलाई प्रदान गरिएको छ । त्यसैगरी सेवा निवृत भएका कर्मचारी अधिकृत छैठौं इं गौरख बहादर सिह र सहायक पाचौं चेतराज चटौत र नगरपालिकाका नगर प्रहरीलाई पनि प्रमाण पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो । आज भएको कार्यक्रममा भीमदत्तनगरपालिकाका नगर प्रमुख पदम बोगटीको अध्यक्षतामा, नगर उप प्रमुख निलम लेखक जोशी र प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमको विशिष्ट अतिथ्य रहेको थियो, स्वागत मन्त्वय प्रशासकीय अधिकृत लक्ष्मी ओझा भट्टले गरेकी थिइन भने कार्यक्रम सञ्चालन विरेन्द्र सिहले गरेका थिए ।


Loading Viewer...

ताजा समाचार

spot_img