झलारी : शुक्लाफाटाँ नगरपालिका १ खजुवापट्टिमा शनिवार वडघर वडा कमिटिको आयोजनामा माघ मिलन कार्यक्रम आयोजना गरियो । कार्यक्रमको सभापतित्व वडा कमिटिका अध्यक्ष बाबुराम चौधरीले गर्नु भएको थियो भने प्रमुख अतिथि संविधान सभा सदस्य कृपाराम राना रहनु भएको थियो ।

कार्यक्रमको विशिष्ट अतिथिमा सुदूरपश्चिम प्रदेश सभा सदस्य गीता चौधरी, नगरपालिकाका उप प्रमुख कल्पना पन्त रहनु भएको थियो । कार्यक्रमका सहभागीहरुले थारु संस्कृति जगर्ने गर्न र परम्परागत सीपलाई समयअनुकुल बनाई व्यवसायीक बनाईनु पर्नेमा जोड दिनु भएकोथियो । कार्यक्रममा मघौटा लगायतका गीत र नृत्य प्रस्तुत गरिएका थिए । अतिथिहरुलाई थारु समुदाका मौलिक परिकार पस्कीएका थिए ।

कार्यक्रमका अन्य अतिथिहरुमा वडां ३ का वडा अध्यक्ष नरेन्द्रप्रसार डगौरा, वडा न १ का वडा अध्यक्ष उत्तरदेव भट्ट, नेकपा एमालेका नेता लोकेन्द्र ऐरी, थारु पत्रकार धन बहादुर कुश्मी, आदिवासी जनजातीका नगर संयोजक रतन राना, वडघर भलमन्सा नगर कमिटिका उपाध्यक्ष लक्ष्मण चौधरी, गाउँका वडघर भलमन्सा, सामाजसेवी लगायतको उपस्थीति रहेको थियो ।














