दलित समुदायका बालबालिकालाई उच्च तथा प्राविधिक शिक्षामा पहुँच अभिबृद्धि गर्न माग


झलारी : दलित समुदायका बालबालिकालाई उच्च तथा प्राविधिक शिक्षामा पहुँच अभिबृद्धि गर्नका लागि शुक्लाफाँटा नगरपालिकालाई दवाव दिईने भएको छ । ‘पटक पटक लडयांै अरुका लागि अब उठौ लडौ हामी हाम्रो लागि’ भन्ने अभियान अन्र्तगत शनिवार संयोजक अनिता नेपालीको अध्यतामा बसेको बैठकले दलित समुदायका बालबालिकाको शिक्षामा पहुँच अभिबृद्धिका लागि नगरपालिकाको नीति तथा कार्यक्रमबाट उच्च शिक्षा तथा प्राविधिक(वकिल,इन्जिनियर, आईटी इन्जिनियर, नर्सिङ डिप्लोमा, एमविविएस) पठनपाठनका लागि निःशुल्क छात्रबृत्ती व्यवस्था गरी लागु गर्नका लागि बजेट विनियोजन गर्न मा गरेको छ ।

अभियानका अभियन्ता शिवी लुहारका अनुसार नगरपालिकाका १२ वटै वडामा रहेका दलित समुदायको आर्थिक तथा सामाजिक शसक्तिकरणका लागि रोजगारी तथा सीपमूलक कार्यक्रम गर्न बजेट विनियोजित गरी रोजगारी सृजना गरी लागु गर्नका लागि नगरपालिका संग माग गरिने भएको छ । नगरपालिकाबाट हुने विभिन्न किसिमका नियुक्ति वा कर्मचारी नियुक्ति भर्ना गर्दा दलित समुदायको पूर्ण समावेशी र समाुनपातिक प्रतिनिधित्व सुनिश्चितताको माग गरिएको छ ।

मुक्त हलिया पुर्नस्थापन कार्यक्रम अन्र्तगत नगरपालिकाको वडा नं १ वन्साहमा रहेको अधुरो अपुरो कार्य न्यायिक प्रकृयाबाट पुरा गर्न माग गरिएको छ । नगरपालिकाका विभिन्न वडाहरुमा रहेका जोखिमपूर्ण दलित बस्तीहरु संरक्षणका लागि पहिलो प्राथमिकतामा राखेर आवश्यक बजेट विनियोजन गरी संरक्षणका कार्यक्रम अगाडी बढाउन बैठकले माग गरेको छ


Loading Viewer...

ताजा समाचार

spot_img