भीमदत्त नगरपालिका ११ द्वारा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा सहभागि विद्यार्थीलाई यूनिफमदेखि खेलकुद समाग्री


कञ्चनपुर :  कञ्चनपुरको भीमदत्त नगरपालिका ११ नम्बर वडा कार्यालयले राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा सहभागि हुने विद्यार्थीलाई यूनिफमदेखि खेलकुद समाग्री दिएको छ । भीमदत्त नगरपालिका ११ वडा कार्यालयले आइतबारदेखि नगर स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा सहभागि हुने सिद्धनाथ अमर माध्यामिक विद्यालयका खेलाडीलाई खेलकुद पोषाक सहित विभिन्न खेलकुद समाग्री सहयोग गरेको हो ।

शनिबार एक कार्यक्रमका विच वडाध्यक्ष प्रकास थापाले खेलकुद पोषाकदेखि समाग्री हस्तान्तरण गरेका छन । उक्त वडाबाट राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा एकमात्रै विद्यालय सहभागि हुने भएकाले उत्प्रेरणाका लागि खेलकुद पोषाकदेखि समाग्री हस्तान्तरण गरिएको वडाध्यक्ष थापाको भनाई छ । वडाबाट खेलकुद समाग्रदेखि पोषाक पाएपछि खेलाडी समेत उत्साहित भएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img