रमेश प्रसाद भट्ट/ कञ्चनपुर- कञ्चनपुरमा जुवातास खेलिरहेको अबस्थामा नगद सहित पाँच जुवाडे पक्राउ परेका छन् । मंगलबार साझ ६ बजेतिर जिल्लाको भीमदत्त नगरपालिका-४ स्थित सहारा होटलबाट जुवातास खेलिरहेको अबस्थामा बैतडीको दशरथचन्द नगरपालिका-११ स्थायी घर भएका सोही होटल संचालक २७ वर्षीय गणेश सिंह बुडाल सहित पाँच जना नगद सहित पक्राउ परेका हुन् ।

पक्राउ पर्ने अन्यमा भिमदत्त नगरपालिका वडा नम्बर-६ का २३ बर्षिया प्रदिप गिरी, वडा नम्बर-१० शुकासालका ४५ बर्षिया राम सिंह बुडाल, भिमदत्त नगरपालिका वडा नम्बर-११ का ४५ बर्षिया महेश प्रसाद भट्ट, शुक्लाफाटा- ११ का २२ बर्षिया धिरेन्द्र पाण्डे सहित ६ जनालाई नगद ४८ हजार २ सय ६० रूपयाँ नगद र एक गड्डि तास सहित पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका प्रबक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले कञ्चनपुर खबरलाई बताउनु भयाे ।

उनले भने “जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले साे होटेलमा चेकजाँच गर्दा जुवातास खेलिरहेको अबस्थामा उनीहरुलाई पक्राउ गरेका हाै ।” साे बारे थप अनुसन्धान गरी उनीहरूमाथि कानुनी कार्वाहि गरिने कञ्चनपुर प्रहरीले जनाएकाे छ ।











